भक्तपुर।
भक्तपुर क्यान्सर अस्पतालका पुर्व मेडिकल निर्देशक एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.राजेन्द्रप्रसाद बराललाई शनिबार राजधानीमा सम्मान गरिएको छ ।
नेपाल अर्वुद्धरोग निवारण संस्था काठमाडौं शाखाद्वारा शाखाको वार्षिक अधिवेशनमा प्रदान गर्नेगरि घोषणा गरिएको सो सम्मान लिन डा.बराल सो कार्यक्रममा उपस्थित हुन सकेका थिएनन । शाखाका सभापति अजय सुवाल तथा पुर्वअध्यक्ष हरिगोपाल प्रधानले डा.बराललाई शनिबार सम्मान गरेका थिए ।
३ दशक वर्षको अवधिमा हजारौं क्यान्सर विरामीको उपचार गरी सयौं विरामीलाई पुनर्जीवन दिएवापत डा.बराललाई ताम्रपत्रद्वारा सम्मान गरिएको संस्थाले जनाएको छ ।
डा.बराल नेपाल अर्वुद्धरोग निवारण संस्थाको केन्द्रीय उपाध्यक्ष पनि हुन ।