सुन तस्करी छानबिन समितिको म्याद थप

227

 

, ३३ किलो सुन तस्करी प्रकरण सम्बन्धी चलिरहेको छानबिनमा खटिएको विशेष अनुसन्धान टोलीको म्याद ०७५ जेठ मसान्तसम्म कार्यावधि थप गर्ने निर्णय गरिएको छ।

विमानस्थलबाट विगत ५ वर्षदेखि सुन तस्करी हुँदै आएको खुलेपछि गृह मन्त्रालयका सहसचिव इश्वरचन्द्र पौडेलको संयोजकत्वमा छानबिन समिति बनेको थियो। ४५ दिनको म्याद दिएर चैत २० गते गठित समितिको जेठ ४ गते म्याद सकिएको थियो। सुन तस्करी गिरोहमा आबद्ध सनम शाक्यको हत्या घटनामा भएको अनुसन्धानमाथि छानबिन गर्ने क्रममा सो तथ्य खुलेको हो।