सञ्जीब दुलाल
भक्तपुर ।गृहमन्त्री रामबहादुर थापाले गुण्डाराजको अन्त्य नभएसम्म देशमा जनता राज असंभव भएको बताएका छन् ।
वाईसियल भक्तपुरको आयोजनामा शहीद तथा बेपत्ता परिवार सम्मान एवम् अभिनन्दन कार्यक्रममा बोल्दै उनले देशभर देखिएको गुण्डाराज, अपराध, तस्करी, महिला हिंसा, भष्ट्राचार अन्त्य नभएसम्म देशमा जनता राज स्थापना गर्न असंभव भएको बताएका हुन् ।
मुलुकमा भ्रष्टाचारी र तस्करीको सिन्डिकेटका कारण मुलुकको विकास अवरुद्ध भएको बताउँदै सरकार भ्रष्टाचार र तस्करीको अन्त्य गर्ने बाटोमा लम्किएको उनको भनाई थियो ।
देशमा हाल गुण्डा चुल्ठे मुन्द्रेहरुले गर्दा भएको सबै प्रकारको सिण्डिकेट भएको वताउँदै उनले अव यसको अन्त्य गर्न आफु लागि परेको बताए । उनले यो सवको अन्तय नभएसम्म सरकार विकास र समृद्धिको बाटोमा अगाडि लम्कन नसक्ने उनको धारणा थियो ।
जनयुद्धका शहीद तथा बेपत्ताका परिवारलाई सम्झदै उनी भावुक हुँदै अव आफु उनीहरुको उचित सम्मान र सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै समाजवाद उन्मुख संघीय सरकार निर्माणमा शहीद र बेपत्ता योद्धाहरुको बलिदानबाट नै आजको उपलब्धि हासिल भएको दाबी गरे ।
बालुवा तस्करी रोक्न निर्देशन
गृहमन्त्री बादलले भक्तपुरमा प्राकृतिक स्रोतको दुरुपयोग गरी भूमि दोहन मौलाएको भन्दै अवैध बालुवा उत्खननलाई रोक्न प्रहरी प्रशासनलाई निर्देशन दिएका थिए । उनले प्रहरीलाई आदेश दिदै यदि कोहि पनि प्राकृतिक स्रोत दोहन गर्ने कारवाहिको दायरामा नआएमा न छुट दिईएमा कसैलाई पनि नछोडिने उनले बताएका थिए । उनले यदि यसमा कोहि जनप्रतिनिधिले नै अवरोध श्रृजना गर्छन भने पनि उनीहरुलाई पनि कारवाहिको दायरामा ल्याउन उनले प्रहरीलाई सुझाएका थिए ।
जिल्लामा हप्ता असुली गर्दै आएका सबै गुण्डाहरुलाई समेत कारबाही गर्न गृहमन्त्री थापाले प्रशासनलाई निर्देशन दिएका थिए ।
कार्यक्रममा गृहमन्त्री थापाले भक्तपुरका सहिद परिवार र वेपत्ता परिवारका सदस्यहरुलाई सम्मान एवं उनीहरुको सम्झना गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता दिलकृष्ण प्रजापति, देवेन्द्र श्रेष्ठ, जिल्ला संयोजक डिपी ढकाललगायतले वर्तमान सरकारले परिवार र शहीद परिवारका सम्मान गर्दै मुलुकलाई समृद्धितर्फ लानुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम वाईसियल भक्तपुरका अध्यक्ष दिनेश थपलिया आक्रोसको सभापतीत्वमा सम्पन्न भएको थियो ।







































