नगरकोट,
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्धारा संचालित उत्थानशीलनगर प्रबद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गत संचालित पैरवी प्रशिक्षण सम्पन्नभएको छ । जिल्ला शाखा तथा उपशाखाका पदाधिकारी तथा सदस्यहरुलाई सरोकारवाला निकायहरुसंग विपद् जोखिम न्यूनीकरण तथा मानवीय सेवासंग सम्बन्धित विषयमा गरिने बहस÷पैरवी क्षमता अभिवृद्धि गराउने उद्धेश्यले जेठ १० देखि १२ गतेसम्म संचालित प्रशिक्षणमा २४ पुरुष र १ महिला गरी २५ जनाको सहभागिता रहेको थियो ।
प्रशिक्षणमा वहस÷पैरवी परिचय, सरोकारवालाहरुको भूमिका परिदृश्यमा आधारीत, समुदायको अगुवाईमा सञ्चालित वहस÷पैरवी—नागरिक सशक्तिकरण, विपद् व्यवस्थापन चक्रको पुर्नताजगी, वहस÷पैरवीका सवालहरुको पहिचान, वहस÷पैरवीका गतिविधिको प्राथमिकरण, सरोकारवालाहरुको विश्लेषण, लक्षित सरोकारवाला सग वहस÷पैरवीका कार्यहरुको लागि मागहरुको विकास, वहस÷पैरवी सम्वन्धी सन्देश सम्प्रेशण गर्न उपयुक्त मञ्चको पहिचान, वहस÷पैरवीका औजाहरु, सन्देश तयार गर्ने, कार्य योजना लगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अभ्यास गरीएको थियो ।
समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदै भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले रेडक्रसले प्रदान गर्ने मानवीय सेवाका बारेमा सरकारी तथा गैह्र सरकारी निकायहरु लगायत आमजनसमुदायलाई जानकारी गराई विपद् जोखिम ब्यवस्थापनको क्षेत्रमा हातेमालो गर्दै अगाडी बढ्नको लागिवहस÷पैरवीको महत्व रहेको बताउनुभयो । उहाँले लक्षित समुदायले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कार्यमा सरोकारवाला निकायहरुसंग गर्ने बहस÷पैरवीमा रेडक्रसले सहजकर्ताको भूमिका खेल्ने भएकोले नगर केन्द्रीत बहु खतरा जोखिम न्यूनीकरणका र्यमालक्षित समुदायको अग्रसरता बढ्दै गएको बताउनुभयो ।
धन्यवाद ज्ञापन गर्नुहुदै जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले रेडक्रसले आफ्नो मानवीय सेवाकार्य विस्तार गर्ने क्रममा गरीने बहस÷पैरवीगर्दा उद्धेश्य एकै भएकाअन्य संस्थातथा समुह हरुसंग पनि सहकार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
जिल्ला कार्यक्रम संयोजक दिनेश थापाको संयोजकत्वमा संचालित प्रशिक्षणमा ने.रे.सो विपदे ब्यवस्थापन विभागका कार्यक्रम ब्यवस्थापक रुद्र प्रसाद अधिकारी, काठमाण्डौ जिल्ला शाखाका जिल्ला कार्यक्रम संयोजक शिवराम गौतम, बृटिश रेडक्रसका बरिष्ठ अधिकृत रमेश श्रेष्ठ, कायक्रम अधिकृत गिता पाण्डे,ललितपुर जिल्ला शाखाका वरिष्ठ कार्यक्रम सहायक भक्तराम कोजू र भक्तपुर जिल्ला शाखाका बरिष्ठ कार्यक्रम सहायक उद्धव प्रसाद नेपाल लगायतले सहजिकरण गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाद्धारा बृटिश रेडक्रसको आर्थिक सहयोगमा भक्तपुर र मध्यपुर थिमी नगरपालिकामा सेप्टेम्बर २०१६ देखि अगष्ट २०२१ सम्मको लागि उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम९क्तचभलनतजभलष्लन ग्चदबल च्भकष्ष्भिलअभ बलम भ्लनबनझभलत(क्ग्च्भ्० संचालन भइरहेको छ ।