भक्तपुर । बामो खाला नेपा ताङला एला कुरी ङाम भन्ने गीत सांगीतिक दुनियाँमा लोक प्रिय भएका गायक मदन घलानको हाल माया रानी बजारमा आएको छ ।
स्वयम गायक दोय जीतु लोप्चान र घलानको शव्द र स्वर संगित मनोज मालेको रहेको बामो खाला नेपा ताङला एला कुरी ङामबाट तामाङ गीत संगितमा लोक प्रियता कमाएका मदनले हाल बजारमा आफ्नो अर्को गीत लिएर आएका हुन् ।
माया रानीमा गायक घलान आफ्नै शव्द , संगित मनोज माले र स्वर स्वयम मदन र विनिता लाप्चनको रहेको छ ।
अधिल्ला गित हरु जस्तै माया रानीले पनि तामाङ संस्कृति तथा परम्परा साथै एक अर्कामा हुने माया प्रेम झल्काएको गायक घलान बताउँछन् ।
आफुले हाल सम्म श्वर दिएका गीतहरुमा जव उत्तर , सुङरिम लाली , माया रानी र बामो खाला नेपा ताङला एला कुरी ङाम रहेका उनी बताउँछन् ।
सानो उमेर देखि नै आफुलाई संगितिक दुनियाँमा चाख भएका कारण नै आफु यस क्षेत्रमा लागेको उनी सुनाउँछन् ।
संगितीक दुनियाँमा सफलताका लागि गायक मदनले गुरुकुल म्युजिक पाठशालामा तीन वर्ष देखि अध्ययन गरि रहेका छन् ।
काभ्रको खानीखोला गाउँपालिका वडा नम्वर २ मिल्चे मा रत्नवहादुर घलान र आमा छाली माया ग्यावा को कोखवाट जन्मेका गायक मदनको आफु साँगितिक दुनियाँमा नै आफ्नो जीबन ब्यतितगर्ने बताउँछन् ।
आफ्ना छरियर रहेका गीतहरुको संग्रह समेटेर उनले बजारमा छिटै नै सांगितिक एलवम निकाल्ने तयारीमा रहेका छन् ।
उनको युट्युवमा रहेको गीत