प्रहरीले स्कुटर र मोटरसाइकल फेला पारयो

660

 

काठमाडौं ।

पछिल्लो समयमा चोरी गर्दागर्दै चोरीका सामान, नगद र गरगहनासहित चोरीमा संलग्न व्यक्तिलाई रंगेहात पक्रेर कारवाही गर्न सफल महानगरीय प्रहरी प्रभाग कोटेश्वरले प्रभागको क्षेत्र अन्र्तगत विभिन्न टोलमा खोजीका क्रममा ४ वटा स्कुटर र एउटा मोटरसाइकल फेला पारेकोे छ ।

प्रहरीले विभिन्न मितिमा विभिन्न ठाउँमा सवारी धनी नभेटिएको अवस्थामा वेवारिसे फेला परेका स्कुटरहरुमा बा३०प ५८०८, बा५०प २५५२ , बा८५प ४०५९ र बा३५प ५७९४ छन भने बा६६प ३०३० को होण्डा साइन मोटरसाइकल रहेको छ ।

प्रभाग प्रमुख प्रहरी निरीक्षक राजु लामाका अनुसार फेला पारिएका स्कुटर र मोटरसाइकल सोमबार महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) मा पठाइएको र आफ्नो सवारी साधन लिनका लागि सम्वन्धित सवारीअधनीले आवशयक कागजपत्रका साथ महाशाखा अन्तर्गत पीडित सहायता इकाईमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।