भक्तपुर । ८ महिने गर्भवती पत्निको रेखेदखगर्न त कहाँहो कहाँ, उनलाई छोडेर इन्द्रबहादुर तामांङभने यतिखेर अर्काकी श्रीमति नै लिएर वेपत्ता भएका छन् ।तामाङ गत जेठ ५ देखि वेपत्ता भएको तामाङकी पत्निले दावी गरेकी छिन् ।
संखुवासभा जिल्ला बानेश्वर गाविस वडा नं ६ स्थायी घर भई हाल काठमाण्डौं जिल्ला भिमढुङ्गा, रामकोटमा बस्दै आएका तामाङ अर्काकी श्रीमति लिएर वेपत्ता भएका हुन ।
३७ वर्षिय तामाङले सिन्धुपाल्चोक जिल्ला मेलम्चीकी विवाहिता बुद्धिमाया तामाङलाई लिएर वेपत्ताभएको तामाङकी गर्भवती पत्नि विजय लक्ष्मी गुनासो गर्दै भनीन् आफ्नो लोग्ने नै पापी भएपछि कसको के लाग्छ र ? विजय लक्ष्मी गुनासो गर्छिन‘महिलाको शत्रु अरु कोही नभएर महिला नै हुँदो रहेछ ।’
तामाङले भगाएको भनिएकी बुद्धिमायाका पतिभने यतिखेर कतारमा वैदेशिक रोजगारीमा छन् । पति कतारमा भएको मौका छोपेर बुद्धिमाया तामाङसंग भागेको विजयलक्ष्मीको दावी छ ।
८ महिनाको गर्भ रहेको अवस्थामा आफ्ना पति परस्त्रीसंग लागेपछि विजय लक्ष्मी तनावमा छिन । उनले आफ्ना पतिको खोजी महानगरीय प्रहरी वृत्त स्वयम्भू र गौशालामा निवेदन नै दर्ता गराएकी छिन् ।
यसअघि तामांग र विजय लक्ष्मीको ११ वर्षिया छोरी छिन ।









































