दलित संघ भक्तपुरकाे अध्यक्षमा रामराज मगराती

1968

भक्तपुर ।
नेपाल दलित संघ भक्तपुरको अध्यक्षमा रामराज मगराती निर्विरोध अध्यक्षमा चुनिनु भएको छ ।
संघको भक्तपुरमा शनिबार सम्पन्न ५ औं जिल्ला अधिवेशनबाट मगरातीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अधिवेशनले सुरेश परियारलाई उपाध्यक्षमा, सुनिता परियारलाई सचिवमा, र सदस्यहरुमा मथुरा परियार, रामहरी परियार, सुजत महते, दिपेश मिजार, तारा रम्तेल, दिल वहादुर बयलकोटी, सुस्मिता परियार, अनिता रोक्का, विदुर मगराती, शर्मिला विश्वकर्मा, विवेक नेपाली, शेखर परियार र नानी विश्वकर्मालाई निर्विरोध निर्वाचित गरेको छ ।
त्यस्तै जिल्ला अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा रामराज मगराती, सुनिता परियार, रामकृष्ण परियार, नानी विश्वकर्मा, शर्मिला विश्वकर्मा र विदुर मगरातीलाई छनौट गरेको छ ।
नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अधिवेशनको उद्घाटन गर्दै गत चुनावहरुको परिणामबाट पाठ सिक्दै कांग्रेस अगाडि बढने बताउनुभयो । उहाँले अब गुटउपगुट तिर भन्दा पनि कांग्रेसले जनताका सुखदुःख बुझने र सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा जोडदिनुभयो ।
दलित संघ भक्तपुरका अध्यक्ष रामकृष्ण परियारको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा नेपाली कांग्रेस भक्तपुरका जिल्ला सदस्य किरण न्यौपाने, दयामान कर्माचार्य, क्षेत्र नं. १ का सभापति जिवन खत्री, मध्यपुर थिमि नगरकापालिकाका पूर्वमेयर मदनकृष्ण श्रेष्ठ, संविधान सभा सदस्यका उम्मेदवार कृष्णलाल भडेल, राष्ट्रिय दलित आयोगका अध्यक्ष मानवहादुर नेपाली, दलित विकास समितिका उपाध्यक्ष मुक्त वहादुर महतेले अबको समयमा कांग्रेसको भूमिका र दलितहरुको हकहितका विषयमा चर्चा गर्नुभएको थियो ।