‘सबैप्रकारको क्यान्सर उपचार अब नेपालमै’

1879

ललितपुर ।
क्यान्सर लागेका विरामीको उपचारका लागि अब कुनैपनि नेपालीले भारत लगायतका मुलुकमा जान नपर्ने बताइएको छ ।
नेपालमै अत्याधुनिक प्रविधिबाट क्यान्सरको निदान एवम् विशिष्ट उपचारमा पछिल्लो समयमा प्रशिद्धि कमाउँदै आएको हरिसिद्धि ललितपुरस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको वार्षिकोत्सवको पुर्वसन्ध्यामा अस्पतालले शनिबार जारी गरेको विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ ।
सो हस्पिटलका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले नेपाल क्यान्सर हस्पिटल सबैप्रकारको क्यान्सर उपचारको लागि नेपाल सक्षम हुँदै आएको बताउँदै क्यान्सर लागेका कुनैपनि विरामी लाखौं रुपैयाँ ऋण बोकेर उपचारको लागि भारतलगायत तेस्रो मुलुकमा जान नपर्ने बताए ।

पहिलो र दोस्रो स्टेजको क्यान्सर समयमै जहाँ उपचार गरेपनि निको हुन्छ । तेस्रो स्टेजका विरामीको आयु उपचारपछि केही समय तन्काउन सकिन्छ तर अन्तिम अवस्था (चौथो स्टेजको) क्यान्सर भइसकेका विरामीलाई नेपाल होस या बाहिर कुनैपनि देशमा गएपनि बचाउन कठिन हुने बताउँदै डा.श्रेष्ठले भने ‘पैसा सक्न र दुःख पाउन मात्रै किन विदेश जाने ?’
क्यान्सर उपचारका लागि विदेश जाँदा हुने सामाजिक, आर्थिक र भौतिक नोक्सानीको अन्त्य गर्न सो अस्पतालले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै डा.श्रेष्ठले ‘नेपालीको क्यान्सरको उपचार नेपालमा नै’ मूल नाराका साथ अस्पतालले जुनसुकै क्यान्सर रोगको उपचार नेपालमै हुने दावी गरे ।
नेपालका क्यान्सर अस्पतालमात्रै हैन, पछिल्लो समयमा नेपालमै धैरै क्यान्सर विशेषज्ञ र चिकित्सकहरु उत्पादन भईसकेको उल्लेख गर्दै अध्यक्ष डा.श्रेष्ठले नेपालका क्यान्सर अस्पताल र चिकित्सकप्रति विश्वास गर्न क्यान्सर विरामीसंग आग्रह पनि गरे ।
पछिल्लो समयमा विदेशमा क्यान्सरको उपचार गरेर लाखौं रुपैया सकेरपनि निको नभएका क्यान्सर विरामीहरु थप उपचारको लागि नेपाल क्यान्सर हस्पिटलमा आएको तथ्य बताउँदै डा.श्रेष्ठले उपचारको लागि तेस्रो मुलुक जानुअघि कम्तिमा नेपालका वरिष्ठ क्यान्सर विशेषज्ञसंग सुझाव र सल्लाह लिएर मात्रै जान आग्रह गरे ।
नेपाली जनताको आर्थिक पहुँचभित्र रही अन्तर्रास्ट्रिय मापदण्ड अनुरुप एउटै छानामुनि क्यान्सरको गुणस्तरीय उपचार सेवा दिईरहेको सो अस्पतालले वरिष्ठ क्यान्सर विशेषज्ञ एवम् शल्यचिकित्सकको साथै अत्याधुनिक प्रविधिबाट क्यान्सरको तिनैथरी उपचार सेवा केमोथेरापि (औषधि), सर्जरी (शल्यक्रिया र रेडियोथेरापि (क्यान्सर लागेको भाग सेक्ने) उपचार दिँदै आएको अस्पतालले जनाएको छ ।