समाजसेवी कुमार लामाले राजु तामाङको सम्पुर्ण उपचार गरिदिने

2416

भक्तपुर । काभ्रे नमोबुद्दका राजु तामाङ हाल आफ्नो खुट्टाको धुँडा मुनिको भागमा आएको घाउ खटिराका कारण हिडडुल गर्न नसक्ने भएका छन् । घरमा एक्लो कमाउने लामाको दुवै खुट्टामा देखिएको समस्याका कारण हाल ठुलो समस्यामा रहेका छन् । बा, आमा श्रीमती र एक ७ बर्षको अपागं छोराको जिम्मेवारी भएका लामा आफै थला पर्दा उनको परिवारमा विचल्ली भएको छ ।


सानोसानो खटिराका रुपमा आएको घाउ बल्जीदै जाँदा हाल उनी उपचार समेत गराउन नसक्ने अवस्थामा पुगेको उनी सुनाउँछन् । विगत आठ महिना देखि आफ्ना दुवै खुट्टा चलाउन समेत नसक्ने भएका लामा आर्थिक अभावका कारण उपचार समेत गर्न नसकेर घरमा नै थलिएर बसेका थिए ।
यसरी थलिएर बसेका लामाको सम्पुर्ण उपचार कुमार लामाले गरिदिने हुनुभएको छ । काभ्रे नमोबुद्व नगरपालिका वडा न ३ का २९ बर्षीय राजु तामाङको उपचारमा लाग्ने सम्पुर्ण रकम आफुले बेहोरी दिने योङ कम्युनिस्ट लिग नेपालको केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का श्रम तथा बैदेशिक रोजगारी संघको प्रमुख एवम् समाजसेवी कुमार लामाले गरिदिने हुनु भएको हो । बिगत आठ महिना देखि उपचार गर्न नसकेर मृत्युसंग लडिरहेका तामाङलाईे मध्यपुर अस्पताल थिमीमा उपचारका लागि लगिएको छ ।

योङ कम्युनिस्ट लिग नेपालको केन्द्रीय सदस्य तथा प्रदेश नं ३ का श्रम तथा बैदेशिक रोजगारी संघको प्रमुख एवम् समाजसेवी कुमार लामा

उहाँले जानकारी दिनुभयो । समाजसेवी कुमार लामाले सबै उपचार खर्च आफुले बेहोर्ने जनाउँदै धर्म कमाउन कतै जानु पर्दैन दिन दुःखीको सहयोग गरे प्रप्त हुने बताउँदै राजु जस्ता निरियको सहयोग गर्नु नै आफ्नो ठुलो धर्म भएका कारण आफुले सहयोगको हात बढाएको बताउनुभयो । लामाले विगत देखि आफुले सकेको गरिबी दुःखी र वृद्ध आश्रम अनाथ बालबालिकाहरु सहयोग गर्दै आउनुभएको छ ।
कमाउने आफु यो अवस्थामा पुगेको छु भएको सन्तान पनि अपागं नै छ घरको आर्थिक स्थिति नाजुक भएको छ घरबार समेत चलाउन धौ धौ पारेका कारण आफ्नो उपचार गर्न समेत नसकेको तामाङ बताउँनुहुन्छ । सबै परिवारलाई आफुले कमाएर पाल्नु पर्ने छ तर निकै भावुक भएर म आज यस्तो अवस्थामा छु कसरी आफ्नो परिवार पाल्नु आँसु झार्दै उहाँले सुनाउनुभयो । आठ महिना सम्म म आफैमा पिल्सीएर बसेको थिए कुमार जीले मेरो उपचार निशुल्क रुपमा गरिदिन्छु भनेर अस्पताल ल्याउनुभएको छ मेरो भगवान भनेकै उहाँ हुनुभएको छ उहाँले आँसु खसाल्दै सुनाउनुभयो ।
तामाङको दुवै खुट्टामा सुरुमा सानो पानी फोका जस्तो आएको थियो उक्त घाउले दुवै खुट्टामा घुँडा भन्दा मुनिको भागमा सुनिएर उनी हिड डुल गर्न सक्दैनन् ।