भक्तपुर । त्रिपुरा सुन्दरी भद्राक्षी देवी तथा मातेश्वर महादेवमन्दिर संरक्षण एवम जमिन खरिद योजना २०७५ अन्र्तत जमिन खरिद गर्न अझै नौं लाख अपुग रहेको आर्थिक संयोजक माधम खत्रीले जानकारी दिनुभयो । जमिन खरिदका लागि टोल टोलमा रकम संकलन अभियान अन्र्तगत बुधवार गरिएको अभियानमा २ लाख २० हजार रकम संकलन भएको छ । रकम संकलनको गर्न थालनी भएको पहिलो दिन ४ लाख ७ हजार ७०७ रुपैँया संकलन भएको थियो ।
मन्दिर संरक्षण तथा मन्दिरको सँधमा रहेको जमिन खरिद गर्न चालिएको अभियानमा बुधवार शम्भु काफ्लेले ५५ हजार ५सय ५५ , युवक कुमार राजभण्डारीले ५० हजार , पारस कार्कीले १५ हजार १५१, डीबी थापाले १५ हजार ,श्याम नारायण रोक्काले ११ हजार ५सय , अर्जुन न्यौपानेले ११ हजार १सय ११ , मिलन कार्कीले १० हजार , प्रकास कार्कीले ५ हजार ५सय ५५ रुपैयाँ सहित अन्य दाताहरुवाट गरि २ लाख २० हजार रुपैयाँ संकलन भएको संयोजक खत्रीले जानकारी दिनुभयो ।
आर्थिक संयोजक खत्रीका अनुसार मन्दिरको साँधमा रहेको जमिन खरिदका लागि ४९ लाख रकम आवश्यक छ । जमिन खरिद गर्न आर्थिक जोह खातीर लगाइएको सप्ताहवाट ३४ लाख रुपैँया संकलन भएको थियो । जमिन खरिदका लागि नपुग १५ लाख रुपैँया जुटाउन आफुहरुले विभिन्न स्थानमा आर्थिक संकलनको कार्यक्रम गर्दै आएको खत्रीले जानकारी दिनुभयो । आर्थिक संकलन कार्यक्रम बुधवार दुवाकोट माथिल्लो हाइट, नारायणी दिदीको पसलमा गरिएको थियो ।
अव नपुग रकम संकलनको लागि असार २ गते शनिवार दुवाकोट स्वास्थ्य चौकीमा विहान ७ बजेदेखि आर्थिक संकलन कार्यक्रम गरिने उहाँले जानकारी दिनुभयो ।
उक्त स्थानमा जमिन खरिद तथा धाम निर्माण गर्ने लक्ष्य पुरा गर्न सवै सहयोगी हात समक्ष सहयोगका हात बढाउन विनम्र अनुरोध गर्नु भएको छ ।







































