हिमालयन एजुकेशन अष्ट्रेलियाको शाखा कोटेश्वरमा

2192

शिक्षासेवी हजुरबुबाबाट नातिको कार्यालय उद्घाटन

काठमाडौं , । नेपाली विद्यार्थीहरुको पहिलो शैक्षिक गन्तव्यको रुपमा रहेको अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई परामर्शका साथै अष्ट्रेलियाका स्तरीय विश्वविद्यालय तथा कलेजहरुमा अध्ययन, रोजगारी तथा छात्रावास समेत व्यवस्था गर्ने गरि राजधानीको कोटेश्वरमा ‘हिमालयन बिजनेश ग्रुप’को काठमाडौं शाखा खोलिएको छ ।
अष्ट्रेलियाको क्यानबेरा र ब्रिसबेनमा शैक्षिक परामर्शदाताको रुपमा नेपाली विद्यार्थीको लागि काम गर्दै आएको हिमालयन बिजनेश ग्रुपको शाखाको रुपमा कोटेश्वरमा शुक्रबारदेखि सो शाखा विस्तार गरिएको हो ।
शुकबार खोलिएको ‘हिमालनय एजुकेशन प्रालि’ काठमाडौं, कोटेश्वर शाखा प्रमुखको जिम्मेवारी कुमार विक्रम पाण्डेले सम्हालेका छन भने परामर्शदाताको जिम्मेवारी ऋषभ उपाध्यायले सम्हालेका छन ।
यसअघि गत जेठको तेस्रो हप्तामात्रै चितवनको भरतपुरमा हिमालयन एजुकेशन प्रालिको शाखा खोलिएको हिमालयन बिजनेश ग्रुपको ब्रिसबेन र क्यानबेरा शाखाका निर्देशक तथा काठमाडौं र भरतपुर शाखाका सल्लाहकार आदर्श जंग पाण्डेले बताए ।
अष्ट्रेलियाका स्थापित ३० भन्दा बढी सरकारी तथा नीजि विश्वविद्यालयका साथै ५० भन्दा बढी कलेजको आधिकारीक शैक्षिक एजेन्सीको रुपमा विगत ११ वर्षदेखि अष्ट्रेलियामा कार्यरत हिमालयन बिजनेश ग्रुपले त्यहाँ पढ्न जाने नेपालीहरुका लागि राम्रो विश्वविद्यालय र कलेजको खोजीमात्रै नभई त्यहाँ रोजगारीको व्यवस्थादेखि छात्रवृत्ति, बसोबासको लागि घर÷डेरा र (छात्रवास) को समेत संस्थाले नै प्रवन्ध गरिदिने निर्देशक पाण्डेले बताए ।
अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीले कानूनीरुपमा हप्तामा २० घण्टाभन्दा बढी काम गर्न नपाइने भएकोले तत्कालै धेरै पैसा कमाउछुँ भनेर उच्च महत्वकांक्षा राख्न नहुने उल्लेख गर्दै निर्देशक पाण्डेले अष्ट्रेलिया जान चाहने नेपाली विद्यार्थीलाई हिमालयन बिजनेश ग्रुपले १३ हप्ताको आवश्यक तालीम उपलब्ध गराएपछि आवश्यक रोजगारीको व्यवस्था मिलाइदिने पनि बताए ।
अष्ट्रेलियाको सरकारको शैक्षिक नियमअनुसार कानूनी मान्यता लिएको हिमालयन बिजनेश ग्रुपमार्फत अष्ट्रेलिया जाने विद्यार्थीले त्यहाँ कुनै चिन्ता लिन नपर्ने पनि निर्देशक पाण्डेले दावी गरे ।
शुक्रबारदेखि कोटेश्वर, काठमाडौंमा खोलिएको नाति आदर्श जंग पाण्डेको शैक्षिक परामर्श संस्थाको पाण्डेका हजुरबुबा (ममीको बुबा) अरुणिमा एजुकेशन नेटवर्क बौद्धका संस्थापक अध्यक्ष एवम् शिक्षासेवी अमिर थापाले उद्घाटन गरे । कार्यक्रमलाई सम्वधोन गर्दै थापाले जुनसुकै नेपाली विद्यार्थी विदेशमा उच्च शिक्षा हासिल गर्न गएतापनि पढाई सकेपछि भने स्वदेशमै फर्केर देश विकास गर्नुपर्ने बताए ।
कार्यक्रममा हिमालयन बिजनेश ग्रुप अष्ट्रेलियाका निर्देशक आदर्श जंग पाण्डे, कोटेश्वर शाखाका प्रमुख कुमार विक्रम पाण्डे र परामर्शदाता ऋषभ उपाध्यायले कोटेश्वर शाखाको विशेषता र प्रदान गरिने सेवाका बारेमा चर्चा गरेका थिए ।