काठमाडौं- कोलकातामा बिहिबार पानी जहाजमा भएको आगलागीले नेपाल व्यवसायीहरुलाई समेत ठूलो क्षती पुगेको छ। आगलागीमा नेपाल व्यवसायीका कन्टेनर समेत परेका छन्।
नेपाली व्यवसायीका करिब एक सय ५ कन्टेर आगलागीमा जलेर नष्ट भएका छन्। व्यवसायी पशुपती मुरारका लगायत व्यवसायीका कन्टेनर जलेका हुन्।
कोलकाता आउँदै गरेको जहाजमा एक्कासी आगो लागेको हो। हावा चलेका कारण कर्मचारीहरुले आगो निभाउन नसक्दा जहाज नै जलेको हो। जसमा ४ सय ६४ वटा कन्टेनर थिए। जमिनबाट करिब एक सय किलोमिटरको दुरीमा जहाज रहेका बेला आगो लागेको हो।
४० फुटे ४४ कन्टेनर र बाँकी ६१ फुटे कन्टेनर जलेका हुन्। कन्टेनरमा मोबाइल, कपडा, जुत्ता, विद्युतीय सामग्री, प्लास्टिक बनाउने कच्चा पदार्थ लगायत थिए । उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका सचिव चन्द्रप्रसाद घिमिरेले आगलागीमा नेपाली व्यवसायीको भएको क्षतीबारे बुझ्ने काम भइरहेको बताए।
भारतीय मिडियाका अनुसार बिहिबार बेलुका करिब ११ बजे लागलागी सुरु भएको थियो। बिहान करिब ३ बजे मात्र आगो नियन्त्रणमा आएको थियो। जहाजको २२ कर्मचारीलाई सकुशल उद्धार गरिएको छ।