वाईसियल अध्यक्ष दिपशिखाको सार्वजनिक अपमानप्रति वाइसिएल भक्तपुरको आक्रोश (बिज्ञप्ती सहित)

1070

भक्तपुर । नेकपाका केन्द्रीय सदस्य एवं वाइसियल नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सापकोटा (दिपशिखा) लाई सामाजिक संजालमा गरिएको गाली बेईजती प्रति वाईसियल नेपाल भक्तपुर जिल्ला कमिटिले आपत्ती जनाएको छ । जिल्ला कमिटि भक्तपुरले बिज्ञप्ती जारी गर्दै अध्यक्ष दिपशिखा प्रति सामाजिक संजालमा गरिएको चरित्र हत्या को घोर भर्सना गरेको छ ।
अमानबिय ढंगले सामाजिक सन्जाल फेसबुकमा जिउदो मान्छेलाई हार्दिक श्रद्धाञ्जली भनेर पोस्ट गरियकोमा वाइसियल नेपाल भक्तपुर जिल्ला समितीले रोस प्रकट गरेको हो । साथै बिज्ञप्ती जारी गर्दै संगठनले संगठनका जिम्मेबार ब्यक्ती माथी सार्बजनिक रुपमा बेइज्जत गर्ने ब्यक्ती जो कोही भएपनि खोजी गरि साइबर अपराध ऐन अन्तर्गत कार्बाही गर्न साइबर अपराध माहासाखालाई जोड्दार माग गरेको छ ।
भक्तपुर जिल्ला समितिका अध्यक्ष दिनेश थपलिया आक्रोस द्वारा हस्ताक्षरित बिज्ञप्तीमा आफ्नो मातहतका कमिटिलाई यस बिषयको बिरोध गर्न निर्देशन गर्दै राष्ट्रिय अन्र्तराष्ट्रिय सबै ठाउँ बाट दोषिलाइ खोजी गरि कार्बाही को दायरामा ल्याउन सम्पुर्ण सुभेच्छुक तथा सहयोगी मित्रहरुमा जोडदर अपिल गरिएको छ ।
युवाहरु माझ अत्यान्तै लोकप्रिय रहेका अध्यक्ष दिपशिखा माथि भएको अमानविय पोस्ट प्रति भत्सना गर्दै दोषीलाई कारबाहिको माग राख्दै जिल्ला कमिटि माग गर्दछ ।