काठमाडौं– २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा पानामालाई ६–१ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको इंग्ल्यान्डले रेकर्ड बनाएको छ।
इंग्ल्यान्डले विश्वकपको एकै खेलमा ६ गोल गरेको यो पहिलो पटक हो। यस्तै इंग्ल्यान्डले पहिलो हाफमै ५ गोल गरेको पनि यो पहिलो पटक हो। विश्वकपको खेलमा पहिलो हाफमा ५ गोल गर्ने इंग्ल्यान्ड पाँचौं टिम बन्यो। गत संस्करणको विश्वकपमा जर्मनीले ब्राजिल बिरुद्ध पहिलो हाफमै ५ गोल गरेको थियो। सो खेलमा जर्मनीले ब्राजिललाई ७–१ गोलले पराजित गरेको थियो।
विश्वकपको एकृ संस्करणमा इंग्ल्यान्डले गरेको कुल बढी गोल ११ गोल हो। सन् १९६६ मा इंग्ल्यान्डले ११ गोल गरेको थियो। जारी विश्वकपका २ खेलमा इंल्यान्डले ८ गोल गरिसकेको छ। यसअघि इंग्ल्यान्डले सन् १९५४ र १९९० मा कुल ८–८ गोल गरेको थियो।







































