काव्यकी शिवात्मिका र ग्रिनहिलका नवदीपले ल्याए ४ जिपिए

1822

बलराम प्यासी
काठमाडौं ।
पढाइलेखार्ईमा लगनशिलता, मिहेनत एवम् परीक्षामा राम्रो र सफा अक्षरको कारणले नै काव्य स्कुल नयाँ बानेश्वरकी शिवात्मिका सिंह प्रधान र ग्रिनहिल स्कुल फर्पिङका नवदीप सिंह बस्नेतले माद्यमिक शिक्षा परिक्षा (एसइइ)मा ४ जिपिए ल्याउन सफल भएको सम्वन्धित विद्यालय र उनीहरुका अभिभावकले दावी गरेका छन् ।
शनिबार घोषित एसइइ परिक्षामा काव्यकी छात्रा शिवात्मिका सिंह र ग्रिनहिलका नवदीपले ४ जिपिएमा ४ अंक (पुर्णांक) हासिल गरि विद्यालय प्रथममात्रै नभई मुलुकभरीमै ४ जिपिए अंक ल्याउने सीमित विद्यार्थीभित्र आफ्नो नाम राख्न सफल भएका थिए ।
योग तथा विपश्यना प्रशिक्षक शर्मिला श्रेष्ठ प्रधान तथा व्यवसायी अनुजसिंह प्रधानकी एक्ली छोरी शिवात्मिका सिंह विद्यार्थीहरुमा अनिवार्यरुपमा हुनैपर्ने एकाग्रता, ध्यान र अनुशासनकै कारण परिक्षामा पुर्णांक ल्याउन सफल भएको विद्यालय र अभिभावकको दावी छ ।
पढाईप्रतिको एकाग्रता, लगनशिलता, मिहेनत, ध्यान, अनुशासन तथा राम्रो र शुद्ध अक्षरका कारण उनले एसइइमा परिक्षामा शतप्रतिशत अंक ल्याएको विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटाले बताए ।
पौडी र साईक्लिंगका साथै नयाँ ठाँउ घुम्न जान (हाइकिंग र ट्रेकिंग) मन पराउने शिवात्मिका सिंह काव्य स्काउट ट्रुपकी अनुशासित ‘अन्नपूर्ण तह’की छात्रा हुन । भविष्यमा चार्टड एकाउण्टेण्ड बन्ने शिवात्मिकाको लक्ष्य छ ।
उता ग्रिनहिल स्कुलका संस्थापक प्रिन्सिपल पुरुषोत्तम भुर्तेल पनि नवदीप आफ्नो विद्यालयका मात्रै नभई राजधानीको दक्षिण भेगका नीजि विद्यालयमध्येकै अव्वल भएको दावी गर्छन ।
ग्रिनहिल स्कुलकी विज्ञान विषयकी शिक्षिका एवम् आफ्नो समयकी अववल विद्यार्थी रहेकी शारदा बस्नेत तथा याक एण्ड यती होटेलका वरिष्ठ क्याप्टेन पुस्कल बस्नेतका छोरा नवदीपको अक्षर छापाजस्तो मात्रै नभई उनी पढाई लेखाईका उत्कृष्ट र सामान्य ज्ञानका ज्ञाता भएको विद्यालयको दावी छ । भविष्यमा चिकित्सक बन्ने नवदीपको लक्ष्य छ ।
२०६० सालमा नर्सरी कक्षादेखि सो विद्यालयमा अध्ययन गर्न थालेदेखि नवदीप कहिलेकाँही बाहेक अधिकाँश वर्ष कक्षामा प्रथम हुँदै आएका मेधावी छात्र हुन । ममी शिक्षिका र विद्यार्थी मेधावी भएका कारण उनले विद्यालयमा शुल्क तिर्न नपरेको भुर्तेलको भनाई छ ।
यता शिवात्मिका सिंहले पुर्णांक हासिल गरि विद्यालयमा मात्रै नभई नेपालभरी नै आफ्नो नाम राख्न सफल भएको काव्य स्कुलको दावी छ ।
२०७४ सालको एसइइ परिक्षामा शिवात्मिका सिंह पहिलो भइन नै । यसको अलावा काव्य स्कुलबाट सुसम न्यौपाने, एरिना बज्राचार्य र शिशिर कँडेलले ३ दशमलव ९० जिपिए ल्याएर विद्यालय दोस्रा भएका छन् । परिक्षामा सहभागी ५६ विद्यार्थीले उच्च अंकका साथ परिक्षा उतिर्ण गरेको विद्यालयले जनाएको छ ।
उच्च अंकका साथ विद्यालयमा मात्रै नभई मुलुकभरीबाट उत्कृष्ट भई ४ जिपिए ल्याउन सफल काव्य स्कुलकी छात्रा शिवात्मिका सिंहका साथै उतिर्ण सबै विद्यार्थीलाई काव्य स्कुलले सोमबार विद्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरि वधाई तथा सम्मान गर्यो ।
विद्यालयका संस्थापक प्रिन्सिपल नवराज बास्कोटा तथा निर्देशकहरु धर्मेन्द्रप्रकाश राजभण्डारी, सुनिल सिंह घर्ती, रिजन खड्का तथा शिक्षकहरुले वधाई तथा शुभकामना दिएका थिए ।
विद्यालयमा आयोजित वधाई तथा शुभकामना कार्यक्रममा शिवात्मिका सिंहकी ममी शर्मिला श्रेष्ठ प्रधान, बाबा अनुजसिंह प्रधान, हजुरबुबा यज्ञलाल श्रेष्ठ (मामाघरतर्फ) र हजुरआमा सानुमैंया प्रधान (घरतर्फ) सहभागी थिए ।
सानो कक्षादेखि नै पढाईमा अव्वल तथा राम्रो अक्षर लेख्न खप्पिस रहेकी शिवात्मिका सिंह हाल वाणिज्य विषय लिएर रातो बंगला स्कुलमा ‘ए लेभल’ अध्ययन गर्दैछिन ।