साबिक विजेतालाई हराउने पहिलो एसियन टिम दक्षिण कोरिया

1019

काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा दक्षिण कोरियाले समूह चरणको अन्तिम खेलमा रोमाञ्चक जित हात पारेको छ।

समूहका सुरुवाती २ खेलमा पराजित भएको कोरियाले बुधबार भएको समूह ‘एफ’ को अन्तिम खेलमा साविक विजेता जर्मनीलाई २-० गोलले पराजित गरेको हो।

कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गरेको थियो। कोरियाका लागि किम योङवनले इन्जुरी टाइमको तेस्रो तथा सन हेयुङमिनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका थिए। जित निकालेपनि कोरिया अन्तिम १६ मा पुग्न भने सकेन। समूहमा तेस्रो भएर बाहिन बाध्य भयो।

तर कोरिया साविक विजेता विजेतलाई पराजित गर्ने पहिलो एसियन टिम बन्यो। कोरिया विश्वकपमा राम्रो प्रदर्शन गर्ने एसियन टिम समेत हो। कोरिया सन् २००२ मा सेमिफाइनलमा पुगेको थियो। यता कोरियासँग पराजित भएसँगै साविक विजेता जर्मनी समूह चरणबाटै बाहिरिएको छ।