काठमाडौं ।
पुर्व राजदम्पत्ति ज्ञानेन्द्र र कोमल केही दिनको नीजि भ्रमणको लागि आगामी हप्ता मध्यपश्चिम विकास क्षेत्रको नेपालगञ्ज जाने भएका छन् ।
पुर्वराजाका स्वकीय सचिव फणिराज पाठकद्वारा बुधबार जारी गरेको विज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ । पुर्व राजदम्पत्ति आगामी हप्ता नेपालगञ्ज जाने भनेता पनि कुन दिन जाने र कति दिनको कार्यक्रम हो भन्ने कुरा भने खुलाइएको छैन ।
केही महिनाअघि पुर्वराजा ज्ञानेन्द्र नीजि भ्रमणको लागि नेपालगञ्ज भ्रमणमा जाने क्रममा भारतको उत्तरप्रदेश पुगेर त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथसंग भेट गरेर फर्केका थिए ।
पछिल्लो समय पुर्व राजाको साथै पुर्व युवराज पारस, युवराज्ञी हिमानीले विभिन्न धार्मिक स्थलको भ्रमणलाई अलि बाक्लै बनाएका छन् । यसैक्रममा उनीहरुले जनताका पीरमर्का पनि बुझ्ने गरेका छन ।







































