काठमाडौं ।
ट्रिटन कलेज सुविधानगरले सो कलेज मातहतको ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलबाट २०७४ सालको माद्यमिक शिक्षा परिक्षा एसइइ उतिर्ण सबै विद्यार्थीलाई कलेजमाछात्रवृत्ति दिने घोषणा गरेको छ ।
सो कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहले ट्रिटन विद्यालय टप गर्ने मेधावी छात्रा शिक्षा थापा मगरलाई छात्रावाससहित ११ र १२ कक्षामा सम्पूर्ण छात्रवृत्ति प्रदान गरिनुका साथै अन्य ११ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने प्रतिवद्धता जनाउनुभएको हो । गतवर्षको एसइइ परिक्षामा सहभागी सो विद्यालयका एकदर्जन विद्यार्थीले उच्च अंकका साथ परिक्षा उतिर्ण गरेका थिए ।
ट्रिटनस्कुलबाट २०७४ सालको एसइइ परिक्षामा उतिर्ण भएका विद्यार्थी, उनीहरुलाई पढाउने शिक्षक र अभिभावकलाई सम्मानका लागि विद्यालयमा आयोजना गरिएको सम्मान कार्यक्रममा शुभकामना सन्देश मार्फत कार्यकारी अध्यक्ष शाहले सो प्रतिवद्धता जनाउनुभएको थियो ।
ट्रिटन कलेजको विज्ञान संकायका सल्लाहकार समितिका अध्यक्ष एवम् अमृत साइन्स क्याम्पसका पुर्वप्रमुख मदन शाक्य, ट्रिटन स्कुलकी भाइस प्रिन्सिपल ममता शाह, निर्देशक राजन सुवेदी, चक्रकुमार श्रेष्ठ लगायतले एसइइ उतिर्ण विद्यार्थी, शिक्षक तथा अभिभावकलाई टिका र खादा लगाई उपहार दिएर सम्मान गर्नुभएको थियो ।