भक्तपुरमा उर्गेन सांङ्गे छोइलिङ तामाङ गुम्बा निर्माण थालनी

3950

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकामा नयाँ गुम्बा निर्माण थालनी गरिएको छ । सुर्यविनायक नगरपालिका वडा नम्वर ६ पाण्डुबजार हाईटमा उर्गेन सांङ्गे छोइलिङ तामाङ गुम्बा निर्माण थालनी गरिएको छ । बढदो तामाङ बस्ती तर देशमा नै बस्दा पनि पराय मुलुकमा बसे जस्तो गुम्बा बिना बिरानो भएपछि उक्त स्थानमा गुम्बा निर्माण थालनी गरिएको ह्याङला आदिवासी तामाङ समाजका अध्यक्ष कर्म लोप्साङ लामा बताउनुहुन्छ । आफ्नो संस्कारमा जन्म देखि मृत्यु संस्कार सम्म गुम्बामा नै गर्नु पर्ने भएपनि नजिकको गुम्बा अभावमा आफुहरुको संस्कृति दोस्रो पुस्ताले भुल्लान एवं हराउला भनी नै निर्माण थालनी गरिएको उहाँको भनाई थियो । सामाजिक साँस्कृतिक , आर्थिक रुपान्तरणको लागि पनि गुम्बाको ठुलो महत्व तामाङहरुको बिच रहेका कारण पनि यस स्थानमा गुम्बाको आवश्यकता महसुस भएको उहाँले बताउनुभयो ।
करिव दश करोड भन्दा बढि लागतमा निर्माण हुन् लागेको गुम्बा तीन तल्ला आधाको हुने निर्माण समितिका संयोजक एवं ह्याङला आदिवासी तामाङ समाजका उपाध्यक्ष चेक वहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार जमिन खरिद गर्दा पनि हामी सँग एक पैसा थिएन साथी भाई इस्ट मित्र स्थानिय बासिन्दा ब्यवसायी उद्योगी लगाएत विभिन्न अन्य सहयोगीहरुबाट प्राप्त रकमबाट २२ आना जमिन ६० लाखमा २०७० सालमा गुम्बाको लागि नै खरिद गरिएको थियो । तर विविध कारणले एवं आर्थिक अभावले हाल सम्म पनि गुम्बा निर्माणले गति लिन सकेन तैपनि पुन आर्थिक संकलन गर्दै गुम्बा निर्माणको थालनी गरिएको उहाँले जानकारी दिनुभयो ।
भक्तपुरमा तामाङहरुको संख्यामा बृद्दि भएपनि आफ्नो संस्कार चलाउने गुम्बाको अभाव भएका कारण नै सुर्यविनायकमा गुम्बा निर्माण कार्य थालनी गरिएको ह्याङला आदिवासी तामाङ समाजका सह सचिब नरेस बाइबाले जानकारी दिनुभयो । उहाँका अनुसार हाल गुम्बा हाल सम्म जग्गा खरिद तथा निर्मान कार्यमा सहयोग गर्नु हुने सहयोगि मन हरुलाई हाम्रो सस्था धन्यबाद सम्मान गर्दछ सहयोगी मनहरुको साथ र सहयोगाट निर्माण कार्य अगाडी बडि रहेको छ । गुम्बा निर्माणका लागि सबै सँग सहयोगको आग्रह गदै वाइबा बताउनुहुन्छ धर्म संस्कृतिको रक्षा र समाज परिबर्तनको लागि केहि गर्न सकेनौ भने आफु जन्मेको केहि महत्व हुन्न त्यस कारण आफुले सक्दो सहयोग गर्नु नै धर्म हो ।

करिव २२ आना जमिनमा निर्माण हुन् लागेको उक्त गुम्बा जम्मा तीन तल्ला आधाको हुने छ । करिव तीन बर्षमा निमार्ण सम्पन्न गर्ने लक्ष्यका साथ थालनी गरिएको उक्त गुम्बा निर्माण भएपछि भक्तपुरमा रहँदै आएका बौद्द मागीहरुलाई सहज हुने आशा लिईएको छ ।