नेपाल इन्जिनियरिङि कलेजबाट चाँगुनारायणका मेयर निस्कासन

7721

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजबाट चाँगुनारायण नगरपालिकाका मेयरलाई निस्कासन गरिएको छ । कलेजको १८० औं बैठकले पदेन सदस्यका रुपमा नियुक्त गरिएका मेयरले आफ्नो हैसियत भन्दा माथी गएर कपोकल्पित कार्य गरेको भनी उनलाई कलेजको कुनै पनि सदस्य नरहने गरि निस्कासन गरिएको हो ।
१८० औं बैठकले उनलाई पदेन सदस्यका रुपमा नियुक्त गर्दै कलेजले चर्चिएको हाल विर अस्पतालको नाममा रहेको जमिन र्फिता ल्याउने सर्तमा नियुक्ती गरिएको थियो । नियुक्ती गरिएको पत्रमा स्पस्ट रुपमा कलेजले भोग चलन गरि रहेको जमिन र बनेका भवन एवं खेल मैदानहरु विरको नाममा जाँदा कलेजलाई पचासौं करोडको नोक्सानी हुने भएकाले फिर्ता ल्याउने जिम्मा सहित उनलाई पदेन सदस्यका रुपमा नियुक्ती गरिएको थियो ।
कलेजका ७ संचालक सदस्य मध्य दुई संचालक सदस्यलाई हातमा लियर उनले कलेजको विरुद्धमा कार्य गरेका कारण बाध्य भएर हटाउन परेको कलेजका कार्यवाहाक कार्यकारी अध्यक्ष सूर्य वहादुर केसीले जानकारी दिए । उनका अनुसार हाल मेयर र आफ्नै संचालक मध्यका दुई सदस्य र केहि स्वार्थ भएका मानिसहरु बोकेर कलेज सर्दै छ भन्ने भ्रम फैलाउने कार्य भएको तर कलेज कतै पनि नसर्ने समेत उनले जनाएका छन् । करोडौंको सम्पत्ती भएको कलेज अनि नेपालको पहिलो नीजि लगानीमा खोलिएको कलेज आज जुन अवस्थामा छ त्यो दुवाकोटको नै देन भएका कारण कलेज सर्दैछ भनी भ्रम फैलाउनेहरु हिलोपानीमा माछा मार्ने र कलेजलाई धोस्त गर्ने लागि परेका गिरोह भएको उनको आरोप रहेको थियो ।
कार्यवाहक कार्यकारी अध्यक्ष सूर्यवहादुर केसीको हस्ताक्षर रहेको उक्त पत्रमा स्थानिय बुद्धिजिवीको तर्फबाट भोटाधिकार रहित पदेन संचालक समिति सदस्य मनोनयन गरेपनि कलेजमा असहजता उत्पन्न गराउने, सदस्यकै हैसियतमा कार्यकारी अध्यक्ष तथा अन्य संचालक सदस्यको विरुद्धमा पत्रकार सम्मेलन गर्ने , असान्दर्भिक कपोकल्पीत बेइजतिपूर्ण विज्ञप्ती जारी गर्ने , गैरकानुनी रुपमा लेखा परिक्षण गराई सवैमा भ्रम पैदा गर्ने लेखा परिक्षण गराउने , कलेजको बैंक खाता रोक्का गराउने जस्ता असान्दर्भिक गैरजिम्मेवारीपूर्ण एवं अनैतिक र अबैधानिक कार्य गरेका कारण उनलाई निस्कासन गरिएको पत्रमा उल्लेख गरिएको छ ।
यदि नयाँ सदस्य थप्नु परेमा कलेज संचालक समितिको साधारण सभाको दुई तीहाई बहुमतले थप गरिने कार्यकारी अध्यक्ष सूर्यवहादुर केसीले बताए । उनका अनुसार नेपालको संविधानको घारा ५७ को उपघारा ४ धारा २१७ को उपधारा २ , धारा २२१ को उपधारा २ र धारा २२६को उपधारा १ बमोजिम स्थानीय तहको अधिकारको सूचि तथा उक्त संविधानको अनुसूचि ८ को ८ नम्वरमा स्थानीय तहको आधारभूत र माध्यमिक शिक्षामा मात्र स्थानीय सरकार प्रमुख सदस्यमा बस्ने अधिकार भएको हुँदा कलेजमा उनलाई गरिएको नियुक्ति त्रुटिपूर्ण भएका कारण चानपाका मेयरलाई आफूहरुले संचालक समितिबाट हटाएको जानकारी दिए ।
कावा अध्यक्ष केसीका अनुसार कलेजको मर्म विपरित कार्य गरेको ७ मध्य दुई संचालक सदस्यको विरको नाममा गएको जमिन हत्याउने खेलमा मेयर आफै लागेका कारण पनि आफुहरुले उनलाई निस्कासन गर्न बाध्य भएको उनले बताए । मेयरलाई स्थानीय प्रतिनिधिका रुपमा नियुक्ती पो गरिएको हो त न उ सँग भोटाधिकार हुन्छ न कुनै निर्णय नै तर उनले आफ्नो मेयर पदको दुरुपयोग गर्दै संचालक समिति नयाँ बनाउन खोज्ने , संचालक समितिको बैठक बोलाउने तथा विद्यार्थी तथा स्थानिय बासिन्दालाई कलेज सर्न लाग्यो भनी हल्ला गर्ने र संचालकहरुसँग स्थानिय भड्काउने र कलेज हत्याउन खोजेका कारण आफूहरुले उनलाई हटाएको उनले बताए ।
नेपालको पहिलो ईन्जिनियरिङ कलेजका रुपमा संचालन भएको नेपाल ईन्जिनियरिङ कलजेमा रहेका ७ जना संचालकको एक अर्कामा मतभेद रहँदै आएको छ । कलेजमा ५ जना संचालक एका तर्फ रहेका छन् भने दुई जना संचालकहरु अर्कोतर्फ रहेका छन् । संचालकहरुको मतभेदका कारण यसमा फाईदा उठाउने तत्वहरुको हावी भई रहेको पाउन सकिन्छ ।