भक्तपुर । नेपाल स्काउटकाृ सवोच्च पदक सुनौलो गैडा पदवीबाट भक्तपुर जिल्ला आयुक्त रामगोपाल कर्माचार्यलाई सम्मानित गरिएको छ ।
उनलाई बधाई ज्ञापन तथा कदरपत्र प्रदान गरिएको थियो ।
एभरेष्ट स्काउट ट्रप भक्तपुर मिवाछेंले एक कार्यक्रम विच उनी र मुलुकमा आई पर्ने विभिन्न विपदहरुको सामना गरेको भन्दै उद्दारकर्ता अरुण संैजूलाई सम्मान गरेको छ ।
जस्तै विषम परिस्थितिमा पनि पीडितहरुको उद्दार तथा सुरक्षाका निम्ति हरक्षण तत्पर रही काम गरेको भन्दै उनलाई पनि सम्मान गरिएको हो ।
नेपाल र नेपालीको सेवामा अति प्रशंसनीय कर्मको स्वागत गर्दै सम्मान गरिएको उनलाई दिइएको कदरपत्रमा उल्लेख छ ।
साथै आगामी दिनमा पनि यस प्रकारको सामाजिक सेवाभाव निरन्तर रुपमा अगाडि बढ्ने आशा कदरपत्रमा गिएको थियो ।







































