भक्तपुरमा रंगशाला बने किसानको उठिबास

983

भक्तपुर । भक्तपुरमा करिव १५ सय रोपनीमा रंगशाला बने किसानको उठिवास हुने भन्दै यसको विरोध गरेका छन् । भक्तपुरको सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा बन्ने भनिएको रंगशालाको किसानहरुले विरोध गरेका हुन् ।
राष्ट्रिय कृषक समूह महासंघ चाँगुनारायण नगरपालिका वडा नंं ९ ताथली समितिको आयोजनामा भएको बृहत किसान भेला तथा अन्तरक्रियामा किसानहरुले आफ्नो हित विपरित सरकारले रंगशालाको प्रस्ताव ल्याएको बताएका हुन् ।
कार्यक्रममा चाँगुनारायण्न नगरपालिका वडा नं. ९ का वडासदस्य विद्यापति थापाले भक्तपुरका अन्य नगरपालिकामध्ये चाँगुमा हाल सम्म ५७ प्रतिशत जमिन रहेको बताउँदै सरकार र भुमाफियको यसमा आँखा परेको आरोप लगाएका छन् । ‘जहाँ रंगशाला बन्ने भनिएको हो, ती स्थानका किसानसँग छलफल नै गरेको छैन, केही जग्गाको कारोबार गर्नेहरु कृषियोग्य जमिन मासेर रंगशाला र एकिकृत बस्तीका नाममा माफियाकरण हुन् लागेका छ । ’ उनले भने ।
उनले मात्र नभएर चुनदेवी कृषक समूहका अधयक्ष नकुल प्रजापतिले पनि कृषियोग्य जमिन नष्ट गर्ने षड्यन्त्र भइरहेको बताए । उनले भन, ‘पहिला एक समयमा बिफर लागेका मानिसहरुलाई अन्तै पठाएजस्तै गरी अहिले किसानहरुलाई उठिबास गराउने षड्यन्त्रमा केहि तत्व लागि परेका छन्, विकासको नाममा विनास र किसानलाई उठिवास गराउने काम कृषि प्रधान देशमा अनुचित भएको उनको भनाई थियो ।
कार्यक्रममा डाँडापाटी कृषक समूहका अध्यक्ष सुनिता त्यातले पनि कृषि प्रधान देशमा सरकारले किसानहरुको हिसातका लागि काम गर्नुपर्ने तर किसानकै विरुद्ध काम गर्दा किसानहरु चिन्तित बनेको बताइन् ।
सोही अवसरमा वडा अध्यक्ष गणेश त्यातले रंगशाला बनाउने नाममा किसानहरुलाई झुक्याउने काम गरेको बताउँदै रंगशाला बनाउने कामलाई विकासको संज्ञा दिए पनि त्यसले विनास निम्त्याउने र काम गरिखाने वर्गलाई उठाउने काम भएको बताए ।
उनले रंगशाला बनाउन भन्दै गठन भएको समितिको सदस्यमा आफूलाई पनि राखेको भए पनि किसानसँग कुनै छलफल नै नगरी किसानलाई रनभुल्लमा बनाउने काम सरकारले गरिरहेको उनको आरोप रहेको थियो ।
सोही अवसरमा वडाध्यक्ष त्यातले सरकारकै गलत नीतिको सिकारमा किसान परेको उल्लेख गर्दै सरकारले किसानको हित गर्न आवश्यक रासायनिक मल, उन्नत जातको बीऊ विजन र प्रविधि नेपालमा नै उत्पादन गर्ने कल कारखान राख्न भने नसोचेको बताए ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाको कृषि शाखाका प्रमुख श्रवणकुमार पासवानले किसानहरुल् आफ्नै पहलमा काम गरे पनि नगरपालिकाले भने किसानको भावना अनुसार काम गर्न नसकेको बताए । उनले किसानको समस्या सुन्ने काममा जनप्रतिनीधिहरुले उल्लेख्य ध्यान नदिएको बताउँदै किसानको जीवनस्तर उकास्न किसान नै लाग्न जरुरी रहेको उनको भनाई थियो ।
प्रगति कृषक समूह ताथली, सौडोल कृषि सहकारी संस्था लि.को सहआयोजनामा भएको सो कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ भक्तपुर जिल्ला अध्यक्ष टेक बहादुर लाखाले उपत्यकामा घडेरी र कृषियोग्य क्षेत्र छुट्याउनुपर्ने बताउँदै कृषियोग्य जमिन मासिन दिनु नहुने बताए । सरकारले किसानको जग्गा गोगाउन र उत्पादनमा जोड दिन काम गर्नु पर्नेमा रंगशाला र अन्य के के भन्दै भएका जमिन पनि मास्न खोजेको उनको आरोप गरेका थिए ।
कार्यक्रम आयोजक समितिका अध्यक्ष जयकृष्ण न्हेमाफूकीको सभापतित्वमा भएको सो कार्यक्रममा किसानहरु शिला बासुकला, सानुमाया बाला, अनिल थुयाजू, मञ्जु थापा, कूलबहादुर न्हेमाफूकी, कृष्ण श्यामा सरिता थापा र हरिसुन्दर छुकांलगायतले किसानलाई परिरहेको समस्या र किसानका लागि आवश्यक कार्यक्रमबारे बोलेका थिए ।