बैदेशिक रोजगारमा फसेका भिम वहादुर माझीलाई वाईसिएलद्दार उद्दार ( भिडियो सहित )

897

भक्तपुर । उदयपुर गाईघटका भिमवहादुर माझीलाई वाईसिएल प्रदेश नम्वर तीन बैदेशिक रोजगार विभागले उद्दार गरेको छ ।
स्थानिय सञ्जीब खतिवडाले ग्रीन स्टार मेनपावर बसुन्धारा मार्फत कतार पठाएका भिम वहादुरलाई वाईसिएल श्रम तथा रोजगार विभागले उद्दार गरेको हो ।
कतारमा डकर्मी कामका लागि आफूलाई पठाएपनि भने जस्तो सुविधा नभएको सप्लाई कम्पनीमा झुक्काएर पठाएको भिम वहादुर माझी बताउँछन् ।
कामकालागि जुलाई १७ तारिकमा नेपालबाट उडेको वताउँदै माझी भन्नुहुन्छ हामी कतार पुगेपछि सप्लाई कम्पनीले तीन महिना आफ्नो काम हेरेपछि मात्र तलव दिने बताए । किन भनेर प्रश्न गर्दा यो कुनै ठुलो कम्पनी हैन केवल सप्लाई कम्पनी मात्र भएको बताउँदै भारतको केरलका संचालकहरुले तीन महिना नभइ कामको पैसा नआउने र तीन महिना पछि एक महिनाको तलव पाईने बताएपछि आफू वाईसिएल श्रम तथा रोजगार विभागको सहयोगमा एक सातामा नै नेपाल आएको उहाँ बताउनुहुन्छ ।
कतारमा अरु साथीहरु पनि फसेको बताउँदै यस्ता मेनपावरहरुलाई छिटो भन्दा छिटो कारवाही गर्नु पर्ने उहाँ बताउनुहुन्छ ।
आफूले एक लाख पाँच हजार रुपैँया बुझाएर आफू काठमाण्डौं बस्दा २० हजार भन्दा बढि खर्च भयो नभएको पैसा लोन लिएर कमाउन भनी विदेश गएपनि आफू ठगिएको उहाँ सुनाउनुहुन्छ ।
आफू फर्के पछि आफूले बुझाएको पैसा फिर्ता पाउँ भनी जाँदा मेनपावरवालाहरुले एजेन्टले आफूलाई केवल ६५ हजार र मैले ५ हजार गरि केवल ७० हजार बुझेको एजेण्टले ३५ हजार खाएको बताउँदै म जाँदा लागेको टिकट फर्कदा लागेको टिकटको भाडा विमा आदिको पैसा कटाएर मात्र पैसा दिने बताए । यदि यस्तो हो भने त म जाँदा र आउँदा लागेको पैसा ठिक्क भई हाल्छ नि ।
सरकारले एक कामदार पठाउँदा केवल दश हजार लिने प्रवधान तोके पनि विदेशमा धेरै पैसा कमाउन पैसा खर्च गर्ने पर्ने एजेण्टले आफूलाई बताएको उहाँ बताउनुहुन्छ ।
कतारी रियल ११ सय तलव पाउने सर्तमा अफू कतार गएको जहाँ आफूलाई खान बस्न पैसा नलाग्ने भने पनि उता पुग्दा भने सर्त बमोजिम काम हुने नगरेको उहाँ बताउनुहुन्छ ।
केवल २५ हजार नेपालीमा कतारमा नै काम गर्नु पर्ने भएका कारण उक्त कम्पनीमा काम गर्ने अन्य नेपालीको पनि हालत खराव भएको माझी बताउनुहुन्छ ।
यदि सरकारले समयमा नै ती कामदारको विषयमा नसोच्ने हो भने उनीहरुले आत्महत्य गर्नुको विकल्प नभएको माझी बताउनुहुन्छ ।
नेपालबाट एक सर्त गरि उता पुञ्याएपछि अरु नै काम लागाउने समस्या कारण नेपाली कामदार मेनपावरवालारुबाट बगिने गरेको वाईसिएल प्रदेश नम्वर ३ श्रम तथा रोजगार विभाग प्रमुख कुमार लामा बताउनुहुन्छ । उहाँका अनुसार विदेशमा फसेका नेपालीहरुको विषयमा आफूहरुले अध्ययन गरि उद्दार गर्ने र ठगी गर्ने मेनपावरहरुलाई कारवाहीको दायरामा ल्याउने काम गर्दै आएको उहाँ बताउनुहुन्छ ।

भिडियो