भक्तपुर । चाँगुनारायण नगरपालिकामा धार्मिक पर्यटन प्रबर्द्धनकालागी बोल ॐ धार्मिक पदयात्रा हुने भएका छ । समाजवाद अध्ययन केन्द्र र महिला जागरको संयुक्त आयोजनामा चाँगुनारयण नगरपालिकामा धार्मिक पर्यटन पदमार्ग प्रबर्द्धनकालागी बोल ॐ पदयात्रा गरिन लागेको हो ।
मनोहरा खोला देखि नगरकोटको टाकुरामा अवस्थित रत्नचुडेश्वर महादेव सम्मको बाटोमा पर्ने धार्मिक स्थलको प्रबर्द्धन एवं धार्मिक पदयात्रा मार्गको पहिचान एवं प्रचार प्रसारको लागी उक्त पदयात्रा गर्न लागिएको समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गा प्रसाद फुयालले जानकारी दिनुभयो ।
अहिले मानिस पदयात्राका लागि जर्मनीको ब्ल्याक फोरेस्ट सम्म पुग्छन् तर चाँगुनारायणको मनहरा देखि धार्मिक पदयात्राको मज्जा लिँदै नगरकोट सम्म जाने मार्गको विकास गर्न सके चाँगुनारायण नगरपालिका पनि ब्ल्याक फोरेस्ट भन्दा कम नहुनने उहाँको ठम्याइ छ ।
यदि हामीले आजका दिनमा आफैले हिडेर यो पदमार्गको प्रचार प्रसार एवं विस्तार गर्न सकेका खण्डमा यसमा देश विदेशका पर्यटक , धार्मिक पदयात्रा गर्ने पर्यटक आदिको अवागमन बढने भएकाले यसको प्रचारार्थ पदयात्रा गर्न लागेको उहाँ बताउनुहुन्छ । समथर मनोहरा खोला किनार देखि गाउँ बेसी , धार्मिक स्थल , सयौं बर्ष पुरानो सम्पदा चाँगुनारायण मन्दिर , बुढानिलकण्ठ, बागहिटी, कलमसी र नगरकोटको रत्न चुडेश्वर सम्म पुग्दा पदयात्रीले पाउने मज्जा अलगै रहेको उहाँ बताउनुहुन्छ । प्राकृतिक छटा अनी मानव बस्ती हरियाली अनी धार्मिक स्थलको दर्शन गर्न सकिने उक्त मार्गलाई प्रबर्द्धन गर्ने उदेश्यका साथ बोल ॐ पदयात्रा गर्न लागिएको अध्यक्ष फुयाल बताउनुहुन्छ । धार्मिक पर्या पर्यटन नै आजको आवश्यकता हो भन्दै उहाँ भन्नुहुन्छ समाजवाद अध्ययन केन्द्रले हरेक बर्ष यसलाई निरन्तरता दिने छ ।
ॐ शब्दले सनातनी धर्मवालम्वी हरुको त्रिदेव लाई जनाउछ । नेपालमा बोल बमको आयात अन्यत्र बाट आएको भए पनि भक्तपुरका स्थानीयको प्रयासमा आफ्नै संस्कृति संरक्षणमा नयाँ आयामको रुपमा बोल ॐ अर्थात भगवान भोलेनाथको र नेपालको पशुपति नाथको त्रिदेवलाई पुकार्ने प्रयास एवं चाँगुनारायणमा धार्मिक पर्यटन प्रबर्द्धनका खातिर पदयात्रा गर्न लागिएको महिला जागरणकी अध्यक्ष सरु बानियाँ बताउनुहुन्छ । भक्तपुरमा रहेको रत्नचुडेस्वर पहाडी शृङ्खला नगरकोटको सिरमा रहेको रत्नचुडेस्वर महादेवको मन्दिरमा प्राय जनै पुर्णिमामा मात्रै जात्रा लाग्ने गरेकोमा भक्तपुरका शिव भक्त महिला र पुरुष भक्तजनहरुको लागि “बोल ॐ“ यात्रा सुरु गरिएको अध्यक्ष दोयको भनाई छ ।
यस्तो पदयात्राले धार्मिक पर्या(पर्यटनको बिकास र स्थानीयले बोल ॐ यात्रा गरेर लामो यात्राका लागि सुन्दरीजल जानू नपर्ने कुरा समाजवाद अध्ययन केन्द्रका अध्यक्ष दुर्गाप्रसाद फुयाल थप्नुहुन्छ ।

भगवान शिव यात्रामा हुँदा नगरकोट आएको र यहाँ रत्न चुडेश्वर महादेवका रुपमा विराजमान रहनु भएका कारण नगरकोटमा भक्तजनको ठूलो आस्था रहेको जानकारी स्थानीय बासी बताउछन्।
समाजवाद अध्ययन केन्द्र र महिला जारणको संयुक्त प्रयासमा श्रावण २१ गते सोमवार चाँगुनारायण नगरपालिका वडा नम्वर १ नेपाल इन्जिनियरिङ्ग कलेज नजिक मनोहरा खोलाको जल लिई उक्त पदयात्रा सूरु हुने समाजवाद अध्ययन केन्द्रका सचिव रोशन तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार विहान ७ बजे सूरु हुने पदयात्रा चाँगुनारायण स्कुल , झैखेलको महादेम मन्दिर , चाँगुनारायण मन्दिर , छालिङको बुढानिलकण्ठ , बागिश्वरीको बाग हिटी मन्दिर , कलमसीको नागलोक एवं १०८ फिट अग्लो महादेव निर्माणस्थल हुँदै नगरकोटको टाकुरामा अवस्थित रत्नचुडेश्वर महादेवको पाउमा मनोहराको जल चढाएपछि सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।
पदयात्रा चाँगुनारायणको परिचय गराउने तथा नयाँ पदमार्गको विकास गरि धार्मिक पर्यटनको विकासमा जोड दिनको लागी आयोजना गरिएको उहाँको भनाई थियो । उहाँका अनुसार पदयात्राको सम्पुर्ण तयारी पुरा भएको र पदयात्रामा करिब करिब २०० जना सहभागी हुने अनुमान एबं त्यसै अनुरुपको तयारी गरिएको पनि बताउनु भयो। पदयात्रामा श्राबणी मेलाका र पदयात्री भक्तजनहरुको स्वास्थ्य जाँच पनि राख्न सकिन्छ कि संस्थागत छलफल गर्दैछौं १ हाम्रो प्रयास नगरकोट सम्मको पदयात्रालाई भब्य र धार्मिक बोल ॐ यात्राको गन्तव्य बनाउन यो प्रयास गरिएको हो ।
श्रावणी मेलाको अवसरका समाजवाद अध्ययन केन्द्र र महिला जागरणले चाँगु भित्रनै भएका महादेव तथा अन्य देव देवीका मन्दिरहरुको दर्शन गराउने र आफ्नो नगरभित्र रहेका धार्मिक स्थलको जानकारी दिने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गरियको आयोजकले जनाएको छ ।







































