काठमाण्डौंमा यौन धन्दाको नयाँ रुप, आई एम ईबाट सर्भिस

3966

भक्तपुर । काठमाण्डौं उपत्यकामा यौन धन्दाको नयाँ रुप बाहिरिएको छ । यौनका सवालमा विभिन्न रुपमा कार्य हुँदै आएकोमा हाल काठमाण्डौंमा भने  आई एम ई बाट पैसा लिएर सेवा दिदै आएकाे समूह सार्वजनिक भएका छन् ।
फेसवुकका फेक एकाउन्ट बनाएर केटाहरुलाई साथी बनाउँदै आएमी गरि दिनु हामी जहाँ भएपनि सेक्स सर्भिस दिन आउँछु भन्दै म्यासेन्जरमा म्यासेज गर्ने समूह सालवलाएको छ ।
केटीको नाममा बनाएको एकाउन्टबाट विभिन्न केटाहरुलाई म सेक्स सर्भिस दिन्छु मलाई आएमी गरेर पैसा पठाउनु भन्दै म्यासेज गर्ने गरेको नाम नखुलाउने सर्तमा एक जनाले बताउनुभयो । उहाँका अनुसार केटीको एकाउन्टबाट साथी बन्न रिक्वेस्ट आयो र म्यासेजमा साथी बनी दिन पटक पटक रिक्वेस्ट गरेपछि आफू उक्त एलिसा कार्की नामको एकाउन्टमा साथी बनेको तर पछि उनले आफू सेक्स वर्कर हो आई एम ई गरेर पैसा पठाउनु भनी म्यासेज गरेको उहाँ बताउनुहुन्छ ।
मलाई पटक पटक म्यासेज आएपछि मैले   ठाउनुन त म पैसा पठाउँछु भन्दा विराटनगरको कञ्चन गुरुङको नाममा आई एम ई गरि दिनु भने पछि आफूलाई उ माथी शंका लागेको उहाँ बताउनुहुन्छ ।

आइएमी गरिएको भौचर
आइएमी गरिएको भौचर

यो ठगिको नयाँ रुप भएको उहाँ बताउनुहुन्छ । यो ठगी नै हो फेसवुकमा ब्यक्तिको प्रोफाईल हेरेर उ कस्तो रहन सहन एवं उसको फोटो कस्तो अपलोड गरेको छ भन्ने बुझेर कुनै समूहले सहज तरिकाबाट ठगी धन्दा चलाई रहेको हुन् सक्ने उहाँ बताउनुहुन्छ ।
यदि पैसा पठाइ हाले पनि पठाउने मानिस पुलिसको सम्म जान लाज मान्छन् , २० देखि २५ हजारको हाराहारीमा केटीमा उडाएको पैसाको सम्वन्धमा कोही पनि पुलिस सम्म पनि जादैन भन्ने हेतुले नै यो गिरोहले यसरी ठगि गर्दै आएको हुन् सक्ने उहाँ बताउनुहुन्छ ।
पहिला आई एम ई गरि सकेका मानिस सँग सम्पर्क गर्दा आफूलाई आएमी गर्न लगाए तर सर्भिस भने दिन आएनन् उल्टै मलाई फेसवुकमा ब्लक गरि दिएको पाटन ढोकाका पीडित बताउँछन् । मैले पैसा पठाएँ तर उनीहरु सम्पर्कमा आएनन् । २०७५ जेठमा आफूसँग ५ हजार लिएपनि अहिले सम्म आफुले सर्भिस भने पाउन नसकेको उनी बताउँछन् ।
आफूलाई अरुले पनि पैसा पठाएको र सर्भिस दिदै आएको बताउने एलिसा कार्कीले यदि विश्वास लाग्दैन भने हेर्नु भनी आई एम ई गरेको नक्कलको फोटो समेत पठाउने गरेको पीडितहरु बताउँछन् ।