काठमाडौं। अपहरण पछि हत्या गरिएका बालक निशान खड्काको पोष्टमार्टम रिपोर्टले उनलाई अपहरण गरेकै दिन राति घाँटी थिचेर हत्या गरेको पुष्टि गरेको छ ।
काठमाडौंको काँडाघारीबाट अपहरित बालकको घाँटी थिचेर हत्या गरिएको निष्कर्ष पोष्टमार्टमबाट निस्किएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले गरेको पोष्टमार्टम रिपोर्टले अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको देखाएको हो ।
आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको ८ घण्टा वित्न नपाउँदै हत्या भएको थियो ।
महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अपहरणकारीले बालकको घाँटी थिचेर हत्या गरेको पुष्टि भएको बताए । उनले मध्यरातमा बालकको हत्या भएको देखिएको बताए ।







































