ठिमीको विष्णु कुण्डल पोखरीमा युवाको शव

473

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाका–४ स्थित बिष्णु कुण्डल पोखरीमा एक युवा मृतावस्थामा फेला परेका छन् ।

सिन्धुपाल्चोक जिल्ला बराम्ची ३ घर भई हाल थिमीको भिमसेनचोक बस्ने १८ बर्षका बिबेक अधिकारीलाई पोखरीमा डुबि मृत रहेको अवस्थामा आइतवार साँझ भेटिएका हुन् ।
घटनाको सम्बन्धमा पुर्ण जानकारी नआएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको हत्या भएको हो वा अन्य केहि कारणले मृत्यु भएको हो भन्ने विषयको अनुसन्धान जारी रहेको जनाएका छन् ।