बाजेको सेकुवा रेष्टुरेष्टको भक्तपुरमा करोडौंको जग्गा

10737

भक्तपुर । सुन तस्करीमा लगानी गरेकै आशंकामा प्रहरीले बाजेको सेकुवा रेष्टुरेष्टका सञ्चालक चेतन भण्डारीको सम्पत्ति र बैंक खाता रोक्का गरिसकेको भएपनि भक्तपुरको जग्गा भने हाल सम्म पनि रोक्का राखिएको छैन् । बाजेको सेकुवाका सञ्चालक चेतन भण्डारीको श्रीमती नितिमा भण्डारी कार्कीको नाममा २०७४ साल चैत ६ गते नामसारी भएको भक्तपुरको बालकोटमा रहेको जग्गा भने हाल सम्म पनि रोक्का गरिएको छैन् ।
चेतन भण्डारीले सुन तस्करीको पैसा लगानी गरेको भनी बाजेको सेकुवा बन्द गरिएपनि उनले सुनको पैसाले नै किनेको हुन् सक्ने बालकोट ९ को कित्ता नम्वर ७७ को एक रोपनी १४ आना , ९ कै कित्ता नम्वर ८० को एक रोपनी ६ आना , ९ कै कित्ता नम्वर ८१ को एक रोपनी १४ आना र ९ कै २१७८ नम्वर कित्ताको ८ आना जमिन भने हाल सम्म रोक्का गरिएको छैन् ।
निर्मला देवी वडगामी र चेतनकी श्रीमती नितिमा भण्डारी कार्कीको नाममा रहेको उक्त जमिन करोडौं मुल्य बरावरको हो । तीन भागको एक भाग निर्मला देवी वडगामीको नाममा र बाँकी दुई भाग नितिमाको नाममा उक्त जमिन मोठ ६८ ग ४८० बाट २०७४ चैत ६ गते खरिद गरिएको देखिन्छ ।
तीन भागको एक भाग अर्थात ६०आना (३ रोपनी १२ आना) जमिन चेतनकी श्रीमतीको नाममा रहेको खुल्न आएको हो ।
बालकोटमा हाल आनाको २० लाख भन्दा मुनिको जमिन पाउन गाहे रहेको स्थानमा रोज भिलेज अगाडी नै ६० आना जमिन हुनु ठुलो रकम लुकाएको हुन् सक्ने बताईन्छ । २० लाख आनाको दरमा हिसाव गर्ने हो भने नितिमाको नाममा रहेको जमिनको मुल्य १२ करोड बराबरको हुन् आउँछ ।
३३ किलो सुन तस्करीको लहरो तान्दा बाजेको सेकुवासम्म तानिएको हो । सनम शाक्य हत्याको छानबिन गर्दै जाँदा गृहमन्त्रालयको छानविन समितिले बाजेको सेकुवामा सिलबन्दी गरेको हो । समितिले उपत्याकाको विभिन्न ६ स्थानमा रहेको बाजेको सेकुवा उनको पारिवारिक सम्वन्धका ब्यक्तीको बैंक खाता , तथा अन्य सम्पत्ती सरकारले रोक्का गरेको छ । बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी संगठीत सुन तस्करीमा संलग्न रहेको समितिको ठहर छ । त्यति मात्रै होईन । तस्करीबाट आएको रकम रेस्टुरेन्ट र घर जग्गामा लगाएको भन्नेसमेत थाहा पाएको गृह प्रशासनले जनाएको छ ।
अवैध वाटोबाट कमाएको रकम वैधानिक व्यवसायमा लगाएको भेटिए सम्पत्ति सुद्धिकरण लाग्द छ ।
भण्डारीहाल सुन तस्करी काण्डका फरार प्रतिवादी हुन्।
चेतनाथ भण्डारी सुन तस्कर गिरोहकै नाइके भनिएका चुणामणि उप्रेती ‘गोरे’का आफन्त समेत हुन् । चेतनाथ र गोरेको मामा भान्जाको साइनो छ ।