भक्तपुर । भक्तपुरमा बाल विकास समाजको आयोजना भक्तपुर ईट्टा उद्योग व्यवसायी संघको समन्वयमा तथा सेभ द चिल्डे«नको साझेदारीमा संचालित नेपालमा रहेका ईट्टा उद्योगमा कार्यरत बालबालिकाहरुको संरक्षण परियोजना अन्तर्गत भक्तपुरमा अक्टुबार सन् २०१७ देखि अगस्ट सन् २०१८ सम्म कार्यक्रम संचालन गरिएको छ ।
कार्यक्रमले ईट्टा उद्योगमा प्रभावित बालबालिका, कामदार, नाईके, महिला तथा किशोरकिशोरीहरुका लागि शिक्षा, स्वास्थ्य, जनचेतना, बाल संरक्षण आदि क्षेत्रमा काम गर्दै आईरहेको छ ।
यसरी परियोजना लक्ष्य अनुरुप कार्यक्रम संचालन भएका क्षेत्रहरुमा परियोजनाले आफ्नो उदेश्य प्राप्त गर्न सफल पनि भएको छ ।
यसरी परियोजना संचालन भएका क्षेत्रभित्रका सरोकारवालाहरुको सहभागीतामा विभिन्न स्थानमा परियोजना समापन कार्यक्रम सम्पन्न भयो ।
मिति २०७५ साल श्रावण २९ गते भक्तपुर चाँगुनारायण नगरपालिकाको बैठक हलमा उक्त नगरपालिकाको उपप्रमुख श्री विना बास्तोलाको प्रमुख आतिथ्यतामा तथा नगर र वडा स्तरीय बाल संरक्षण तथा सम्बद्र्धन समितिका पदाधिकारीहरु, भक्तपुर ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातीभाई हेम्बा, कार्यक्रम संचालन भएका विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, नगरपालिकाका महिला तथा बालबालिका शाखाका कर्मचारी, पत्रकार, सेभ दि चिल्ड्र्ेनका कार्यक्रम संयोजक भरत तामाङ्ग, बाल विकास समाजका कर्मचारीहरु, भक्तपुर बाल क्लव सञ्जालका सदस्य आदिको सहभागीता रहेको थियो ।
परियोजना अवधि भित्र यस नगरपालिका भित्र संचालित कार्यक्रमको उपलब्धी, आईपरेका समस्या, सिकाई आदिको बारेमा समाजका कार्यक्रम व्यवस्थापक प्रयसा के.सीले जानकारी गराउनु भयो भने कार्यक्रम समाजका सिनियर कार्यक्रम सुपरभाइजर भरत थापाले संचालन गर्नु भएको थियो ।
बाल विकास समाजले ईट्टा उद्योगका भक्तपुर जिल्लामा करिब १० वर्ष अधि देखि नै उद्योगमा रहेका बालबालिका तथा कामदारका लागि अति नै सराहनिय कार्य गरेकोमा धन्यवाद दिनै पर्ने कुरा भक्तपुर ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाई हेम्बाले बताए । उहाँहरुले हामी ईट्टा व्यवसायीको मन जितिसकेकोले उहाँहरुलाई पनि हामीले काम गर्ने सहज वातावरण गर्दै आएको छौं भनेर थपे ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि बिना बास्तोलाले परियोजनाले राम्रो काम गरेकोमा बदाई दिदै अवका दिनमा नगरपालिकाले बालबालिकाको क्षेत्रमा नगर स्तरीय बाल संरक्षण तथा सम्बद्र्धन समितिले गर्दै आएकोमा थप जिम्मेवारी दिईने कुरा बताउनु भयो ।
अन्त्यमा यस परियोजनालाई सफल बनाउन प्रत्येक र अप्रत्येक्ष रुपमा साथ र सहयोग पु¥याउनु भएका सबै निकाय, कार्यालय तथा महानुभावहरुलाई सेभ द चिल्डे«नका कार्यक्रम संयोजक भरत तामाङ्गले धन्यवाद दिनु भयो । अबका दिनमा यस परियोजनाले संचालन गरेको कार्यक्रमहरु स्थानीय सरकार नगरपालि तथा वडा कार्यालयहरुले लक्षित बजेटमा यहि कार्यक्रमलाई निरन्तरता दिएमा थप प्रभावकारीता हुने देखिन्छ ।