साउन महिनामा साढे ३३ हजार राेजगारीकालागी विदेशिए

253

भक्तपुर । चालु आर्थिक वर्ष २०७५/७६ को पहिलो महिना साउनमा संस्थागत र व्यक्तिगत गरेर साढे ३३ हजार कामको खोजिमा विदेशिएका छन्।

संस्थागत रुपमा १८ हजार ५ सय ५९ र व्यक्तिगत रुपमा १५ हजार २ सय ३९ जना गरी ३३ हजार ७ सय ९८ जना श्रम स्वीकृति लिएर विभिन्न देश गएको वैदेशिक रोजगार विभागको तंथ्याक रहेकाे छ । यसमा भारत जानेकाे संख्या भने अझ एकिन हुन् सकेकाे छैन् ।

चालु आर्थिक वर्षका पहिलो महिनामै वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्यामा पहिलेकाे अनुपातमा केहि कमी आएको हो।

विदेशिने कामदारहरूको संख्यामा केही कमी आएपनि अघिल्लो आर्थिक वर्षको तुलनामा भने चालु आर्थिक वर्षको पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा संस्थागत रुपमा जाने कामदारको संख्यामा भने करीव आधा कम भएको हो।

आर्थिक वर्ष २०७४/०७५ को पहिलो महिना साउनमा २८ हजार १ सय २१ जना कामदार संस्थागत रुपमा वैदेशिक रोजगारीमा गएका थिए। यो वर्षको साउनमा संंस्थागत १८ हजार ५ सय ५९ मात्र वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर गएका छन्।

गत असार महिनाको तुलनामा साउन महिनामा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या करिव ५ हजारले वद्धि भएको छ। असारमा संस्थागत रुपमा १४ हजार १ सय ९० जना कामको खोजीमा विभिन्न देश पुगेको विभागको तंथ्याकमा उल्लेख छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले गत जेठ २ गते मलेसिया जाने श्रमिकको आर्थिक भार धेरै भएको भन्दै मलेशियामा नेपाली श्रमिककको आपूर्ति बन्द भएको छ।

सबैभन्दा धेरै नेपाली कामदार जाने मलेसियामा आपूर्ति रोकिएपछि संख्यामा गिरावट आएको विभागको भनाई छ।

तर वैदेशिक रोजगार जाने कामदारको संख्यामा खासै गिरावट नआएको विभागका प्रवक्ता उद्धवप्रसाद रिजालले बताए।

वैदेशिक रोजगारीबाट घर बिदामा आएका युवाले भिसा नै खारेज गरेर नेपालमै बसेका कारण घटे जस्तो देखिएको उनको भनाई छ।

मलेसिया बन्द हुँदा कतार जानेको संख्या बढ्यो

नेपाली श्रमिकको प्रमुख गन्तव्य मलेसिया बन्द भएपछि साउन महिनामा सबैभन्दा धेरै श्रमिकको रोजाईमा कतार परेको छ। साउनमा मलेसियाका लागि एक जानको पनि पूर्व श्रम स्वीकृति जारी भएको छैन।

साउनमा महिनामा संस्थागत श्रम स्वीकृति लिएर ७ हजार ३ सय ९७ जना कतार पुगेको तंथ्याकमा उल्लेख छ। कतारपछि यूएई ४ हजार ६ सय ३० जना रोजगारीका लागि गएका छन्।

साउन महिनामा साउदी अरब रोजगारीका लागि २ हजार ६ सय १५ गएका छन्। यस्तै, कुवेतमा १ हजार ६ सय २ जना, बहराईनमा ३ सय ८२ जना, टर्कीमा ५ सय ९० जना गएका छन्।

सरकारले नयाँ रोजगार गन्तव्य देशका प्रस्ताव गरेको पोल्याण्डमा साउनमा १ सय ७५ जना कामदार वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा देखिएको छ।

यस्तै, साउनमा ओमानमा १ सय ७८ जना, जोर्डनमा १ सय ५५ जना र मकाउमा १० जना श्रम स्वीकृति लिएर गएको विभागले जनाएको छ।

व्यक्तिगत भिसामा कतार, युएई, मलेसिया साउदी धेरै साउन महिनामा गएको विभागको तंथ्याकमा उल्लेख गरिएको छ।

नेपाली कामदार दोहो¥याएर वैदेशिक रोजगारीमा जाने मुलुकमा यूएई, कतार र मलेसिया देखिएका छन्।