प्रदेश नम्वर ३ सामुदायिक विद्यालय महासंघ नेपालमा केशव प्रसाद चालिसे

411

भक्तपुर । प्रदेश नम्वर ३ सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ नेपालमा केशव प्रसाद चालिसे विजय भएका छन् । काठमाण्डौंमा सम्पन्न विद्यालय ब्यवस्थापन समिति महांसंघको बैठकले केशव प्रसादको अध्यक्षतामा १४ सदस्य प्रदेश नम्वर ३ कार्यसमिति गठन गरेको हो ।
समितिमा अध्यक्ष केशव प्रसाद चालिसे , उपाध्यक्षमा गेल्मु शेर्पा बुढाथोकी , सचिवमा संगम लामा ,कोषध्यक्षमा मिना उप्रेती र सदस्यहरुमा सरस्वती राय , ठाकुर प्रसाद देवकोटा , कल्पना माझी , राजेन्द्र कायस्थ ,कमल प्रसाद दाहल , पार्वती खड्का,हिरा केसी , ओम प्रसाद आचार्य , रमा रेग्मी र गणेश प्रसाद तिमिल्सेना रहेका छन् ।
महासंघका केन्द्रिय अध्यक्ष कृष्ण वहादुर थापा , उपाध्यक्ष गुन्जवहादुर खड्का र हर्क वहादर धानुक, केन्द्रिय महासचिव गुणराज मोक्तान, केन्द्रिय सचिव देवी खड्का, केन्द्रिय कोषाध्यक्ष पवित्रा श्रेष्ठ लगायत विभिन्न महानुभावहरुको उपस्थितिमा उक्त समिति गठन गरिएको थियो । सामूदायिक विद्यालयको सुधारार्थ कार्य गर्दै आएको उक्त समितिले आगामी दिनमा पनि चुस्त एवं दुरुस्त काम गर्नेमा विश्वास भएको उपस्थित अतिथिहरुले बताउनुभएको थियो ।
कार्यक्रममा समितिका केन्द्रिय सचिव गुणराज मोक्तान र अध्यक्ष कृष्णवहादुर थापाले सामुदायिक विद्यालय ब्यवस्थापन समितिको आवश्यकता र महत्वको विषयमा प्रकास पार्नु भएको थियो ।
उक्त भेलाले विभिन्न जिल्लाबाट सामुदायिक विद्यालय सुधारकालागि १० जना अभियन्ता समेत छनोट गरेको थियो ।