सुडाल डोजोको जुनियर ग्रेडिङ सम्पन्न

656

सुडाल । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ मा स्थापित पहिलो सितेरियो कराँते डोजोले आफ्नो पहिलो ग्रेडिङ सम्पन्न गरेको छ ।
सुडालमा एकल खेलको विकासको पहिलो खुडकिलाको रुपमा आरक्षण स्कुलमा संचालन हुँदै आएको सितेरियो कराँते डोजोले आफ्नो पहिलो ग्रेडिङ सम्पन्न गरको हो ।
नेपाल कराँते महासंघ नेपाल रेफ्रि काउन्सीलको संयोजक राजेन्द्र कपाली , सर्फ मेडलिस्ट रामशरण त्वती , सुलोचना सिजखो ,गुरुहरु विजय एण्डो , सूर्य घिसिङ, पृथ्वी बासुकला लगाएतका गुरुहरुको उपस्थितिमा जुनियर ग्रेडिङ सम्पन्न भएको थियो ।
ग्रेडिङ कार्यक्रममा गुरुहरु तथा आरक्षण विद्यालयका शिक्षकहरुले सुडालमा नै पहिलो सितेरियो कराँते डोजोले आगामी दिनमा सुडालका विद्यार्थीहरुलाई एकल खेलमा प्रशिक्षीत गर्नेमा विश्वस्त भएको बताउनुभएको थियो । उहाँहरुले सुडाल जहाँ कुनै पनि खेलको कल्पन सम्म पनि विगतका दिनमा गर्न गारो मान्ने स्थानमा प्रशिक्षक गणेश सुकमनीले डोजो नै संचालन गर्न सक्षम हुनु सफलताको कुरा भएको बताउनुभएको थियो ।
कार्यक्रममा सुडाल डोजोका ३१ विद्यार्थीहरुलाई दिक्षीत गरिएको थियो । कार्यक्रमा प्रशिक्षक गणेश सुकमनीको सभापतीत्वमा सम्पन्न भएको थियो ।