सिद्धपोखरीदेखि सुर्यविनायकसम्म भिमेश्वर स्काउट

335

काठमाण्डौं । भिमेश्वर एकेडेमी काँडाघारी अन्तर्गतको भिमेश्वर स्काउट ट्रुपमा आवद्ध २ दर्जन स्काउटलाई भक्तपुरको ऐतिहासिक सम्पदास्थलसम्म हाइकिंग लगिएको छ ।
भक्तपुर जिल्ला स्काउटका जिल्ला समन्वय आयुक्त एवम् स्काउट गुरु शिवकुमार त्वायनाको नेतृत्वमा गएका स्काउटहरुलाई भक्तपुरको प्रसिद्ध सिद्धपोखरी, दरवार स्क्वायर, पाँचतले मन्दीर (न्यातापोल) को अवलोकन गराएर सुर्यविनायक गणेश मन्दीरसम्म हाइकिंग लगिएको हो ।करीव ७ किलोमिटर हिँडाएपछि उनीहरुलाई सुर्यविनायक जंगलमा लगेर खाजा खुवाइएको थियो । पहिलोपल्ट यति लामो दुरी हिँड्न पर्दा भिमेश्वरका स्काउटहरु दंग देखिन्थे ।
गतवर्षदेखि सञ्चालन गरिएको भिमेश्वर स्काउट ट्र«ुपमा आवद्ध स्काउटहरुको कृयाकलाप देखेर आफु सन्तुष्ट भएको भिमेश्वर एकेडेमीका संस्थापक प्रिन्सिपल अमृत खडकाले बताए ।