सामाजिक उत्तरदाहित्वमा अग्रणी रहेको भन्दै दिपेश श्रेष्ठ सम्मानित

535

भक्तपुर । समाज सेवाका क्षेत्रका अग्रणी भुमिका निर्वाह गरको भन्दै अभ्यूदय वचत तथा ऋण सहकारी संस्थाले दिपेश श्रेष्ठलाई सम्मान गरेको छ । सहकारीले आफ्नो आठौं बार्षिकोत्सवको अवसरमा नगद रु १ हजार एक सय एघार सहित उहाँलाई सम्मान गरेको हो ।
नेपाल रेडक्रस सोसाईटिमा रहेर दैवी प्रकोप तथा रक्तदान आदि क्रियाकलापमा अग्रिणी भूमिका निर्वाह गर्नुभएको भन्दै सहकारीले उहाँलाई सम्मान गरेको हो ।
रगत नपाए दिपेशलाई सम्झनुहोस् भन्ने नारा नै बनेको अवस्थामा उहाँले समाजमा भई पर्ने विभिन्न समस्याहरुमा आफ्ना गक्षले भ्याय सम्म सेवा गर्दै आउनुभएको छ ।