भक्तपुर । नेपाल भारत मैत्री सम्वन्धका आधारमा विभिन्न कुरामा सम्वन्ध रही आएको भारतमा नेपाली विद्यार्थीहरु भने ठगिने गरेको तथ्य खुल्न आएको छ ।
सामान्यत नेपालमा डाक्टरको पढाई गर्न ३५ देखि ६० लाखको हाराहारीमा पढाई सम्पन्न हुने भएपनि भारतमा उही पढाई गर्न डेड करोड नेपाली रुपैँया भन्दा बढि रकम लाग्ने तथ्य सार्वजनिक भएको हो ।
भारतमा पढन जाने विद्यार्थीहरुको संख्या दिनानुदिन वृद्दि भएपनि उनीहरु दलाल र अन्य विभिन्न हरुबाट ठगिने गरेको समेत खुल्न आएको हो ।
कम प्रतिशत आएको विद्यार्थीलाई बढि भन्दा बढि डोनेशनका नाममा पैसा असुल्दै दलालहरुले भारतका विश्व विद्यालयमा भर्ना गराउने गरिएको खुल्न आएको हो ।
कम प्रतिशत आएका विद्यार्थीलाई ४० लाख भन्दा बढि रकम डोनेशनका रुपमा लिदै भारतका विभिन्न विश्व विद्यालय अन्र्तगतका मेडिकल कलेजहरुले भर्ना गर्ने तर डोनेशन दिन नसक्ने बढि नम्वर ल्याएका विद्यार्थीको पढ्न जान दुतावासले सिफारिस नै नगर्ने गरेको खुल्न आएको हो ।
भारत सरकारले लिने ल्भ्भ्त् भ्ह्ब्ः को परिक्षाफल प्रकासन नै नगरि विद्यार्थी छनोट गरेको परिक्षामा सहभागी विद्यार्थीको आरोप रहेको छ ।
नेपाल स्थित भारतीय दुतावासले भारत सरकाले लिने परिक्षाको परिक्षाफल नै प्रकाशन नगरी गोप्य रुपमा कम नम्वर ल्याएका(५० देखि७० ) प्रतिशत ल्याएका विद्यार्थीलाई भारतले दिदै आएको कोटा दिदै डोनेशनका नाममा ठगि धन्दा गर्दै आएको खुल्न आएको छ ।
यो बर्ष भारत सरकारलेबाट अनुमती प्राप्त कोटाबाट शशुल्क १८ जना विद्यार्थी भारत एमवीवीएस पढन जान पाउने भएका हुन् ।
उनीहरुमा पनि अधिकाँस विद्यार्थी कम नम्वर ल्याएका र नेपालमा पनि एमवीवीएस पढन नसक्ने खालका विद्यार्थी जो बढि डोनेशन दिन सक्षम रहेका छन् उनीहरु परेको स्रोतले जनाएको छ ।
एमवीवीएस पढन भारत जान डोनेशन चाहिने बताउँदै विभिन्न दलालहरुले ४० देखी ६० लाख सम्म विद्यार्थीसँग पैसा असुल्ने र उता विद्यार्थीले पढन मात्र ७५ हजार डलर तिर्नु पर्ने साथै उसले खान बस्न समेत जोड्ने हो भने एक विद्यार्थी बराबर नेपाली पैसा एक करोड पचास लाख हाराहारीमा खर्च हुने गरेको छ ।
नेपालमा भारतीय प्रधानमन्त्रीले नेपाल भारत सम्वन्ध अनी नेपाली विद्यार्थीलाई उता पढाउने विषयमा बोल्ने तर नेपाली विद्यार्थीभने पैसा तिरेर पढन चाहँदा पनि कम नम्वर आएका विद्यार्थी बढि पैसा तिर्नेलाई मात्र प्राथमिकता दिदाँ भारतबाट नेपालमा एमवीवीएर गरेर आउने विद्यार्थीको शैक्षिक योग्यतामाथी पनि सँका गर्नु पर्ने भएको छ ।
भारत सरकारले विदेशी विद्यार्थीहरु लिने परिक्षाको परिक्षाफल प्रकासन सम्वन्धमा भारतीय दुतावासका एक कर्मचारीसँग बुझदा उनले यसको सम्पूर्ण काम भनेको दिल्लीबाट हुने हो भनी पन्छिए । यसरी दिल्लीले नेपाल स्थित दुतावासको काम हो उसले गर्छ र विद्यार्थी छनोट गर्छ भन्ने दुतावासले दिल्लीलाई देखाउँदा विचमा दलालहरु भने मोटाउने प्रवित्ती बढेको स्पस्ट देखिन्छ ।
परिक्षामा सहभागी विद्यार्थीको परिक्षाफल नै सार्वजनिक नगरिकन उनीहरुलाई धमाधम केहि विचौलियाको भरमा डोनेशन लिदै भर्ना गर्ने प्रवितिको विद्यार्थीहरुले पनि विरोध गरेका छन् । उनीहरु भन्छन् ठिक छ परिक्षामा सफल भएका विद्यार्थीको लिस्ट भएपनि सार्वजनिक गर्नु पर्ने हो यो पनि भएन केवल विचौलिया दलाहरुलाई गोप्य तरिकाले यो लिस्ट दिएर विद्यार्थी ठग्ने काम भएको उनीहरुको आरोप रहेको छ ।
भारतीय दुतावास र भारत सरकारले पनि नेपाली विद्यार्थी आफ्ना कलेजमा लिंदा उनीहरुको योग्ता अनी क्षमताको आधारमा लिनु पर्ने विद्यार्थीको भनाई रहेको छ ।
केवल लाखौं डोनेशन र विचौलिया दलालको मोटो रकमका भरमा मात्र भारतले विद्यार्थी लिने हो भने यसले नेपालको लागि ठूलो घातको काम हुने उनीहरुको ठम्याई छ । यदि एक असक्षम मान्छे जो नेपालको डाक्टरै हुन् सक्दैन पैसाको भरमा भारतवाट डाक्टर बनेर नै आयो भने पनि उसले नेपालमा कस्तो सेवा सुविधा देला भन्नेमा नै संका लाग्ने उनीहरु बताउँछन् ।
भारतीय दुतावास र नेपाल सरकारले यो विषयमा नसोच्ने हो भने नेपाली विद्यार्थी दिनानुदिन ठगिन र अयोग्य डाक्टर नेपालका लागि तयार हुने उनीहरु बताउँछन् ।
यसले दुई देशको विचमा फाटोको अवस्था पनि ल्याउन सक्ने उनीहरुको ठम्याई छ । यहाँबाट विद्यार्थी दिनानुदिन ठगिने नै हो भने भारतीय विश्वविद्यालयहरु प्रति नेपाली विद्यार्थीको नकारात्मक भावना पैदा हुने र भारत पढन जाने भनेको सर्टिफिकेट किन्न मात्र जाने हो भन्ने भान हुन् सक्ने उनीहरुको भनाई थियो ।
कुनै पनि मेडिकल कोटामा स्कर्लसिप नदिने भारत सरकारले विषैंनी एमवीवीएरका लागि भारत पढन लैजाने शशुल्क कोटा मनोमानी रुपमा राजनैतिक दलको वा कुनै निकायको कमाई खाने भाँडोको रुपमा राखिएको स्पस्ट हुने सरोकारवाला बताउँछन् । यदि यस्तो हैन भने किन भारत सरकारले निपक्ष रुपमा विद्यार्थी लिदैन र एक पनि कोटा किन निशुल्क एवं जेहेन्दार विद्यार्थीलाई दिदैन यो त धनाड्य बर्गका विग्रेका छोराछोरीको पैसा असुल्ने माध्यमका रुपमा मात्र देखिएको सबैमा विधित नै छ ।