एमवीवीएस पढन भारत जाने अधिकांश विद्यार्थी नेता तथा दलालको चंगुलमा

703

भक्तपुर । डाक्टर बन्ने रहर कसलाई नहोला र । तथापी कम प्रतिशत आउँदा र नेपालमा कुनै पनि शिक्षण संस्थामा नाम निकाल्न नसदा विद्यार्थीले सम्झने अर्को पाटो भनेको भारतका मेडिकल कलेज नै हुन् ।
भारत सरकारले लिने परिक्षामा सफल हुन् सके भारतका विभिन्न मेडिकल कलेजमा सहज तरिकाले भर्ना पाउन सकिने भएका कारण पनि मेडिकल शिक्षाका लागि शशुल्क नै भएपनि नेपाली विद्यार्थीको ध्यान भारतका मेडिकल कजेहरुमा रहँदै आएको छ ।
तर भारतका मेडिकल कलजेमा भर्नाका लागि लिईने परिक्षाको कुनै परिक्षाफलको अत्तो पत्तो नै नभईकन धमाधम कलेजलाई डोनेशनको भरमा विचौलियाले विद्यार्थी सँग पैसा उठाउँदै ठगी धन्दा गर्दै आएका छन् ।
कसैको भारतीय दुतावासमा चिनजानको भरमा कम नम्वर ल्याएका विद्यार्थी नै भएपनि भर्ना पाईने । राजनैतिक पहुँचका भरमा , पावर अनी पैसाका भरमा यस्ता मेडिकल कोटा बाँडीदा नेपालमा भारत हुँदै पढेर आएका विद्यार्थीको अवस्था के होला भन्ने विषयमा सोच्नु पर्ने दिन आएको छ ।
भारतका विश्व विद्यालयहरुमा मेडिकल पढन जानु पर्यो भने कित राजनैतिक पावर वा चिनजान हुनु पर्यो कि उनीहरु समक्ष भेट दिन सक्ने हुनु पर्ने कि दुतावासमा नै धाउन सक्ने किसिमका पहुँचका ब्यक्ती जसले सिफरिस गर्ने मानिस पैसा भएको तर पढन भने असक्षम नै भएपनि वास्ता नहुने स्पस्ट रुपमा देखिदै आएको छ ।
आफ्नो बल बुतोले राम्रो पढेर भन्दा यस्ता पैसा अनी पावरका भरमा मेडिकल कलेजहरुमा भर्ना भएका विद्यार्थीले भोलीका दिनमा नेपालमा कस्तो सेवा देलान भन्ने नै शँका को विषय रहेको छ ।
मेडिकल शिक्षाका लागि भारत जाने विद्यार्थीहरु दिनानुदिन विभिन्न दलाल अनी भारतका विश्व विद्यालयहरुबाट ठगिन बाध्य रहेका छन् ।
यसरी पैसा र पावरका भरमा भारतमा अध्ययन गर्न जाने विद्यार्थीलाई आफूले खर्च गरेका पैसा बरावरको उसले पढन नसक्दा आफू सक्षम नभईकन पनि पैसा एवं पावरका भरमा नाम निक्लदा उ फ्रस्टेशनको शिकास हुने । पढाइ सम्पन्न नै गरेपनि आफूले पढनको लागि नै करोडौं खर्च गर्न बाध्य भएका कारण सेवा भन्दा पैसा मुखि हुने यदि स्पस्ट छ ।
भारत सरकारले आफूले शशुल्क दिदै आएको कोटामा कमजोर एवं अयोग्य विद्यार्थीहरुको भर्ना हुँदा पनि कानमा तेल हालेर बस्नु भनेको नेपाल भारत प्रतिको सम्वन्धको विचमा कुठाराघात नै गर्नु हो । किनकी यसरी अयोग्य मानिसलाई डक्टर वा अन्य केहि बनाउँदा उसले नेपालमा दिने सेवा केवल पैसा मुखी एवं कम गुणस्तरिय नै हुने भएका कारण यसले सर्वसाधारणको जनजीवनमा नै असर गर्ने भएका कारण यो एक किसिमको धोका नै हो ।
नेपाल सरकारले पनि यस विषयमा सोच्नु पर्ने दिन आएपनि सरकाले यो विषयमा नसोच्दा र सरकारमा पुगेका केहि नेताहरुले आफ्नो आसे पासे एवं कम नम्वर नै आएका किन नहुन् उनीहरुको लागि भारतीय दुतावास मार्फत दिएको खल्तीको काटो जुन नेपाललाई असक्षम बनाउने पाटोका रुपमा नै विकास हुने छ ।
नेपाली विद्यार्थी सक्षमताले भन्दा आफूसँग पैसा भएका भरमा विदेशमा गएर पढेर आउनु भनेको नेपालीहरुमाथी पनि सांस्कृतिक प्राहर हो ।
के भारतले दिने शशुल्क कोटा नेताको कोटको बगलीको चिट हो त यो प्रश्न गर्ने दिन आएको छ । नत्र भारत सरकारले लिएको परिक्षाको परिक्षाफल प्रकाशन गरेर योग्य विद्यार्थीलाई लिनुको सट्टा ५० प्रतिशत देखि ७० प्रतिशत भन्दा माथी उक्त परिक्षामा पनि अंक नआएका विद्यार्थीलाई सिधै परिक्षाफल नै ननिकाली भर्नाको लागी डोनेशनका भरमा भर्न गर्नुले यसको पुस्ट्याई गर्छ । कलेज , भारतीय दुतावास , यहाँका केहि नेता अनी विचौलिया विचको चलखेलले यस्तो क्रियाकलापले प्रशय पाउने गरेको छ ।
हाल भारतमा एमवीवीएस पढन एक विद्यार्थीलाई करिव डेड करोडको हाराहारीमा नेपाली पैसा खर्च हुने गरेको छ । यहि अनुपातले हेर्ने हो भने नेपालमा ४ जना विद्यार्थीले एमवीवीएस अध्ययन गर्न पुग्ने पैसा दिनानुदिन दलाल एवं विचौलियाको लहैलहैले विदेशीने गरेको छ ।
विदेश गएर कसैले पढनै हुन्न भन्ने हैन तर भारत सरकारले नेपाली विद्यार्थीको विषयमा पटक पटक भारतका प्रधानमन्त्रीले समेत भनी रहँदा हाल सम्म पनि मेडिकल शिक्षाका लागि एक पनि निशुल्क कोटा नहुनु तथा निस्पक्ष रुपमा परिक्षा लियर विद्यार्थी भर्न नगर्नमा कहिँ कतै खोट रहको देखिन्छ । यसलाई दुवै सरकारले समाधानको पाटोमा जानु जरुरत रहेको देखिन्छ ।