भक्तपुर । बेलायत सरकारको शैक्षिक संस्था ब्रिटिस काउन्सिलबाट २०१७—२०२० को लागि इन्टरनेशनल स्कूल एवार्ड (आइएसए) आयोजना कार्यको छनौटमा परेको बालकोटस्थित मेरिगोल्ड इंगलिस बोर्डिंग स्कुलले विद्यार्थीहरुलाई सालको पातबाट दुना, टपरी र बोता बनाउने व्यबहारिक तालीम सञ्चालन गरेको छ ।
विद्यार्थीलाई आइएसए अन्र्तगतका १५ वटा व्यवहारिक तालीम दिने क्रममा पहिलोपटक दुना टपरी बनाउने तालीम दिइएको विद्यालयका संस्थापक प्रिन्सिपल भुवनलाल श्रेष्ठले बताए ।
ब्रिटिस काउन्सिलले दिएका मापदण्डभित्र रही कनेक्टिंग क्लास मार्फत विभिन्न १५ वटा आयोजना सञ्चालन गर्नुपर्ने, देशभित्र र विदेशका विद्यालयसंग सम्वन्ध राख्नुपर्नेलगायतका आयोजना कार्य सम्पन्न गरि त्यसमा उतिर्ण भएपछि मात्रै ब्रिटिस काउन्सिलले इन्टरनेशनल स्कूल एवार्ड (आइएसए) प्रदान गर्ने गर्छ ।
आयोजनाको पहिलो कार्य अन्तर्गत विद्यार्थीलाई वातावरणमैत्री खाना खाने प्लेट अर्थात दुना, टपरी र बोता बनाउन सिकाइएको हो । विद्यालयका शिक्षकहरुबाट कक्षा ८ का ६५ विद्यार्थीलाई सालको पातबाट दुना टपरी बनाउन सिकाइएको आईएसए कोअर्डिनेटर शरु भण्डारीले बताइन् । विद्यालयले अर्काे हप्ता नेवारी खाजा बारा (एकप्रकारको रोटी) बनाउन सिकाउने कार्यक्रम राखेको छ ।