युरो किड्सका विद्यार्थी श्यामाश्याम धाममा

323

भक्तपुर । कृष्णजन्मास्टमीको अवसर पारेर सल्लाघारीस्थित युरो किड्सका साना विद्यार्थीलाई विद्यालयमा राधाकृष्ण बनाएर कृष्णलीला आयोजना गरिएको छ । त्यतिमात्रै नभई ती विद्यार्थीहरुलाई मध्यपुर थिमीको राधे राधेस्थित राधाकृष्णको मन्दीर श्यामाशाम धाममा लगेर त्यहाँ आयोजना गरिएको कृष्णलीला समेत देखाइएको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताउनुभयो । कृष्णलीलामा सहभागी हुन पाउँदा विद्यार्थीहरु दंग परेका थिए ।
युरो जुनियरदेखि २ कक्षासम्मका सबै विद्यार्थीहरुलाई विद्यालयकी कोअर्डिनेटर सम्झना बस्नेतको नेतृत्वमा राधेराधेमा लगिएको हो । साना विद्यार्थीका साथमा उनीहरुका कक्षा शिक्षिकाहरु पुजा थापा, रिना धौभडेल, रिना शर्मा, श्रीदेवी कर्माचार्य र लक्ष्मी तामांग थिए ।