बाबुकाजी श्रेष्ठ
भक्तपुर – नेपाल सम्वत् र नेपालभाषा आन्दोलनका अगुवा, प्रजातान्त्रिक आन्दोलनका नेता, वरिष्ठ मानव अधिकारवादी नेता एवं साहित्यकार पद्मरत्न तुलाधरको नागरिक अभिनन्दनको अवसरमा पर्यटन बोर्ड काठमाडौंमा “नेपाल सम्वत् र पद्मरत्न” विषयक विचार गोष्ठीको आयोजना गरियो ।
राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरिएको उक्त विचार गोष्ठीमा प्रमुख अतिति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले अहिलेसम्मका नेपाली जनताको विभिन्न आन्दोलनमा सक्रिय भूमिका खेल्नु भएको पद्मरत्न तुलाधरलाई हामी सबैको अभिभावकको रुपमा मानु पर्छ र उहा“को मार्ग दर्शनमा हामी सधैं लाग्नेछौं भनुभयो । उहा“को योगदानलाई राज्यले नै अभिनन्दन गर्नुपर्ने व्यक्ति हुन । आज हामीले नागरिक अभिनन्दन गर्न पाउ“दा खुशी व्यक्त गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा विशेष अतिथि सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पद्मरत्न दाइलाई राज्यले नै सम्मान गर्नु पर्ने व्यक्तित्व हुनुहुन्छ । नेपालको राजनैतिक परिवर्तनको आन्दोलनमा सधैं सक्रिय रुपमा नेतृत्व गर्नुभएको पद्मरत्नको नागरिक अभिनन्दनले खुशी व्यक्त गर्दै बधाइ दिनुभयो । नेपालको शान्ति स्थापनामा पद्मरत्नको ठूलो भूमिका रहेको, नेपालको राजनीतिक परिवर्तन र नेपालीको सुशासनको लागि धेरै योगदान गर्नुभएको व्यक्तित्व भएका कारण अन्तर्राष्ट्रिय रुपमै सम्मान गर्न नोवेल पुरस्कारका लागि प्रयास गर्ने पण्डितले बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानको तर्फबाट पद्मरत्न तुलाधरलाई सम्मान गरिएको सो कार्यक्रममा मल्ल के. सुन्दर, डा. पुष्पराज राजकर्णिकार, तिर्थमान डंगोललगायतका वक्ताहरुले नेपाल सम्वत् र पद्मरत्नका विषयमा चर्चा गर्नुभयो ।
कार्यक्रममा पद्मरत्न तुलाधर अभिनन्दनको अवसरमा प्रतिष्ठानले पद्मरत्नको फोटो अंकिट पीन (लकेट) र पद्मरत्न विशेषांक शंखधर बुलेटिन वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष श्याम मानन्धरले जानकारी दिनुभयो ।
नेपालभाषा मंकाः खलः यलको सह आयोजना रहेको उक्त कार्यक्रममा करिव ३०० जना सहभागिता रहेको र आउने भाद्र ३० गते राष्ट्रिय सभा गृहमा पद्मरत्न तुलाधरको नागरिक अभिनन्दन कार्यक्रम रहेको खलःका अध्यक्ष ऋषि प्रसाद श्रेष्ठ बताउनुभयो ।






































