भक्तपुर– पूर्व प्रावि तहमा कार्यरत शिक्षिकाहरुको समस्यालाई लिएर हालै शिक्षामन्त्रीलाई बुझाएको ज्ञापनपत्रको बोधार्थ एक कार्यक्रमका साथ ३ नं. प्रदेश सभाका सांसदद्वय सुरेन्द्रराज गोसाई र सिर्जना सैंजूलाई पनि बुझाएको छ ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ केन्द्रीय समितिको अगुवाइमा भएको उक्त कार्यक्रममा ज्ञापनपत्र ग्रहण गर्दै सांसदद्वयले ज्ञापन पत्रको भावना आत्मसात गर्दै समस्या प्रदेश सभामा पु¥याउने प्रतिबद्धता जनाउनुभयो ।
सांसद गोसाइले भन्नुभयो– ‘पूर्व प्रावि तहका शिक्षिकालाई मासिक रु. ६ हजारमा काम गराइराख्नु यो कम्युनिष्ट सरकारको नालायकीपन हो । यसमा पूर्णतः सरकार नै जिम्मेवार छ ।’
आफूहरुले प्रदेशसभामा देशभर प्रत्येक वडामा शिशुशाला र वालोद्यान हुनु पर्छ भनी सरकारको ध्यानाकर्षण गर्दै आएको जानकारी दिंदै जनताको समस्या देशमा सा“चो समाजवादी व्यवस्था स्थापना भए पछि मात्र माधान हुने हु“दा समाजवादी विचारधाराबारे पनि शिक्षिकाहरु चनाखो हुनुपर्ने सुझाव दिनुभयो ।
अर्का प्रदेशसभाका सांसद सिर्जना सैंजूले आफूहरु संसदवादी धारका विरुद्ध क्रान्तिकारी संसदवादमा लागिरहेको चर्चा गर्दै राजनीति व्यक्तिगत स्वार्थका नभई सामुहिक स्वार्थका लागि गर्नुपर्नेमा अहिले पू“जीवादी व्यवस्था भएकाले सामुहिक भन्दा व्यक्तिवादी भावना प्रबल भइरहेकोले जनताको समस्या समाधान नभएको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सामुहिक भावनालाई ट्रेड युनियनवादी भासबाट जोगाएर अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो भने इसिडी एकाइ अध्यक्ष सीतालक्ष्मी छुस्याकीले पनि बोल्नुभएको थियो ।