काठमाडौं । भारत र अफगानिस्तान सम्मिलित एकदिवसिय क्रिकेट श्रृखंलामा नेपाल भारतको बी टिमसँग पराजित भएको छ ।

नेपाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निमन्त्रणामा एकिदवसीय क्रिकेट खेल्न गएको हो । भारत बीसँग प्रतिस्पर्धा गरेको नेपालको यू-१९ टोली ४० रनले पराजित भएको छ । नेपाल ४१ ओभर ३ बलमा एक सय २१ रनमा अलआउट भयो । नेपालका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके। जसमा भिम सार्कीले ३० रन बनाए भने कमल ऐरीले २२ तथा आसिफ शेखले १७ रनको योगदान गरेका छन् ।
त्यस्तै पवन सराफले १२ रन बनाउदा बाँकि खेलाडी एकोहोरो रुपमा आउट भएका थिए । बलिङ तर्फ भारतका पंकज यादव र सुभंग हग्डे तीन तीन विकेट लिएका हुन् ।








































