तारेभिरमा काव्यका स्काउट !

420

काठमाडौं । सामाजिक कार्यका साथै विद्यालयभन्दा बाहिरका कृयाकलापमा सहभागी गराउँदै आएको काव्य स्कुल अन्र्तगतको काव्य स्काउट ट्रुपका स्काउटहरुले सोमबार जंगल हाइकमा सहभागी भए ।

गोकर्णेश्वर नगरपालिकाको जगडोलदेखि तारेभिरसम्मका पैदलयात्रा (हाइक)मा कक्षा ६ का ५३ जना स्काउट सहभागी रहेको विद्यालयका संस्थापक निर्देशक रिजन खड्काले बताए ।

योंगहार्ट ओपन स्काउट क्र्युका संस्थापक अध्यक्ष एवम् नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिका सदस्य देवदूत अधिकारीको नेतृत्वमा काव्य स्कुलका स्काउट गुरु अनुज थापाका साथै योंगहार्ट ओपन स्काउट क्र्युका रोभर÷रेन्जरले जगडोलदेखि ती स्काउटलाई तारेभिरसम्मको करीव ४ घण्टा पैदल यात्रा गराएका थिए ।

गीत गाउँदै र ठट्यौली गर्दै पैदलयात्राका क्रममा स्काउटहरुले वनस्पति, चराचुरुंगी, जंगलमा चराउन लगिएका गाइबाख्रा हेर्दै पसिनाले निथ्रुक्क भएतापनि रमाइलो गरेका थिए ।