तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि १५ अर्ब रुपैयाँ जुट्यो, यसरी बन्ने छ आयोजना :: BIZMANDU

231


काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले १०१ मेगावाट क्षमताको तामाकोशी पाँचौं जलविद्युत आयोजनाको निर्माणमा सघाउन एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) तयार रहेको जानकारी दिएका छन्। 

एआइआइबीको तेस्रो गभर्नर्स बैठकमा नेपालले १५ अर्ब रुपैयाँ लगानीको प्रस्ताव गरेको थियो। नेपालको प्रस्ताव अनुसार आयोजनाका लागि ऋण दिन बैंकले सहमति जनाएको खतिवडाले बताए। 

तीन महिनाअघि भारतमा भएको बैठकमा खतिवडाले तामाकोशी पाँचौं जलविद्युत आयोजनाको निर्माणका लागि १५ अर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै अघि बढाउन सहयोग मागेका थिए।

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ‘क्यास्केड प्रोजेक्ट’ का रुपमा तामाकोशी पाँचौं जलविद्युत आयोजना अघि बढाउन लागिएको हो। जर्मन परामर्शदाता कम्पनी ल्हामेहरले विस्तृत इन्जिनियरिङ र ड्रइङको काम गरिरहेको छ। यस्तै आयोजनाको ठेक्का सम्बन्धी कागजपत्र बनाउने जिम्मा पनि उसैलाई दिइएको छ। 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत उत्पादनपछि निस्केको पानी तामाकोशी नदीमा नपठाई यो आयोजना निर्माणको तयारी गरिएको हो। तामाकोशी जलविद्युत आयोजना निर्माण सक्नुअघि नै यो आयोजनाका लागि पानी ‘ट्राप’ निर्माणको संरचना निर्माणको निर्णय प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेका थिए। 




तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि १५ अर्ब रुपैयाँ जुट्यो, यसरी बन्ने छ आयोजना को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link