बेलायत युरोपेली संघबाट बाहिरिने निर्धारित समय केही महिना मात्रै बाँकी रहँदा अन्योल बढ्दै गएको छ। बेलायती प्रधानमन्त्री टेरेसा मेले ब्रेक्जिटको लागि युरोपेली संघसँग सम्मानजनक सम्झौताको आधार तय गर्न नसकेको आरोप एकातिर छ भने यही अन्योलको निकासका लागि पुनः जनमत संग्रह गरिनुपर्ने माग चर्को बन्दै गएको छ।
पछिल्लो क्रममा लण्डनका मेयर सादिक खानले दोस्रो जनमत संग्रह माग गरेका हुन्। आवश्यक सम्झौताका लागि प्रधानमन्त्री मेले प्रभावकारी रुपमा बेलायतको अडान लिन नसकेको आरोप लगाउँदै मेयर खानले यस्तो माग गरेका हुन्।
यही अवस्था कायम रहे ब्रेक्जिटका लागि तोकिएको सन् २०१९ को मार्च मसान्तसम्म कि त कुनै सम्झौत
Source link