काठमाडौं । राष्ट्रिय वालदिवस २०७५ को अवसरमा रेडियो नेपाल र नेपाल वालसंगठनद्वारा संयुक्तरुपमा आयोजित राष्ट्रव्यापी वालगीत गायन प्रतियोगिता र चित्रकला प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई बेबिलोन नेशनल स्कुल शान्तिनगरले सम्मान गरेको छ ।
मुलुकभरीका ४४ वालवालिकाले भाग लिएको वालगीत गायन प्रतियेगितामा बेबिलोन स्कुलको कक्षा ९ की छात्रा कृतिका तामांगले नगद सहित सान्त्वना पुरस्कार जितेकी थिइन । चर्चित गीतकार टिका चाम्लिंगले लेखेको गीत गाएर तामांगले सान्त्वना पुरस्कार पाएकी थिइन भने शब्दतर्फ सो गीतले पहिलो पुरस्कार जितेको थियो ।
यसैगरि राष्ट्रव्यापी चित्रकला प्रतियोगितातर्फ कक्षा १० की सुप्रिना राईले दोस्रो पुरस्कार जितेकी थिइन । दुवै विजेतालाई विद्यालयको प्रार्थना सभामा चर्चित गीतकार टिका चाम्लिंग र चर्चित लोकगायीका पार्वती राईले सम्मान गरेका थिए । त्यस अवसरमा गीतकार चाम्लिंग तथा गायीका राईलाई पनि विद्यालयको तर्फबाट सम्मान गरिएको थियो ।