मेसीको ह्याट्रिकमा बार्सिलोना पहिलो खेलमा ४-० ले विजयी :: एजेन्सी :: Setopati

298

युरोपियन फुटबल एशोसिएसन (युइएफए) च्याम्पियन्स लिगको समूह चरणका खेल सुरू भएका छन्। समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ।

कप्तान लियोनल मेसीले ह्याट्रिक पूरा गर्दा बार्सिलोनाले पिएसभी इन्ड्होभनलाई ४–० ले पराजिजत गरेको हो। मेसीले ३२, ७७ र ८७ मिनेटमा गोल गरे।

३२ मिनेटमा फ्रि किकमार्फत मेसीले आकर्षक गोल गरे। राकिटेकले दिएको पासमा ७७ मिनेटमा अर्को गोल गरे। लुइस स्वारेजको पासमा अर्को गोल गर्दा अर्जेन्टिनाका स्टार मेसीले समूह चरणको पहिलो खेलमै ह्याट्रिक पूरा गरे।

७५ मिनेटमा फ्रान्सेली स्टार डेम्बेलेले एक्लै लगेर गोल गरेका थिए। बार्सिलोनालाई पिएसभीले पहिलो र दोस्रो हाफमा गोल गर्न रोकेको थियो। १ गोलमै सीमित भएकोमा डेम्बेलेले अग्रता दोब्बर पारेपछि भने बार्सिलोनाले विपक्षी टिमलाई दबाबमा राख्यो।

लगातार दुईटा पहेंलो कार्ड पाएर ७८ मिनेटमै बार्सिलोनाका डिफेन्डर उमटिटी मैदानबाट बाहिरिए। १० खेलाडीमा सीमित भएर पनि बार्सिलोनाले अग्रता बढाइरह्यो।

च्याम्पियन्स लिगको समूह चरणमा इन्टर मिलान र टोटरनहमको खेल सकिएको छ। इन्टर मिलानले टोटरनहमलाई २–१ ले पराजित गरेको छ। बुधबार बिहान पेरिस सेन्ट जर्मन र लिभरपुल खेल्दैछन्। मोनाको र एथलेटिको मड्रिड, एकाल्के र पोर्टो, क्लब ब्रुज्जे र डोर्टमुन्ड खेल्दैछन्।

प्रकाशित मिति: बुधबार, असोज ३, २०७५, ०६:५१:००

Source link