युएईमा भइरहेको एसिया कप क्रिकेटको समूह ए को खेलमा भारतले हङकङलाई २६ रनले पराजित गरेको छ। उक्त जितपछि एक-एक खेल जितेका भारत र पाकिस्तानले एकआपसमा खेल्नुअघि नै सुपर फोरमा स्थान बनाइसकेका छन् भने लगातार दुई खेल हारेको हङकङ बाहिरिएको छ।
भारतले दिएको २८६ रको लक्ष्य पछ्याएको हङकङले उत्कृष्ट ब्याटिङ गरेपनि ५० ओभरमा ८ विकेट गुमाएर २५९ रन मात्र बनाउन सक्यो। हङकङका निजाकात खानले ९२ तथा कप्तान अंशुमन रथले ७३ रन बनाए। यी दुईले पहिलो विकेटका लागि १७४ रनको साझेदारी गरेका थिए। तर दुवै खेलाडी आउट भएपछि भने भारतीय बलर हङकङमाथि हावी भयो।
भारतका लागि बलिङमा डेब्यु ब्वाय खलील अहमदल तथा युजभेन्द्र चहलले ३-३ विकेट लिए भने कलदिप यादवले २ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले शिखर धवनको शतक मद्दतमा ७ विकेट गुमाएर ५० ओभरमा २८५ रन बनाएको थियो। ओपनर धवनले १२७ रन बनाए। यस्तै अम्बाटे राएडुले ६० रन योगदान गरे। हङकङका किन्चित शाहले ३ तथा एहसान खानले २ विकेट लिए।