दीगो ऊर्जा प्रणाली विकास गर्न विश्व बैंकको ११ अर्ब रुपैयाँ ऋण स्वीकृत, संरचनागत सुधारमा खर्च  :: BIZMANDU

214


काठमाडौं। विश्व बैंकले नेपालमा दीगो ऊर्जा प्रणाली विकास गर्न ऋण स्वीकृत गरेको छ। नेपालको ऊर्जा क्षेत्रको वित्तीय तथा सञ्चालन प्रणाल सुधार गर्न बैंकले ऋण दिएको हो। 

विश्व बैंकले १० करोड अमेरिकी डलर (करिब ११ अर्ब रुपैयाँ) ऋण स्वीकृत गरेको जनाएको छ। ‘नेपाल इनर्जी सेक्ट डेभपलमेन्ट पोलिसी क्रेडिटअन्तर्गत प्राप्त हुने ऋण ऊर्जा क्षेत्रको नीतिगत, संस्थागत तथा नियामकीय क्षमता सुधारमा प्रयोग हुनेछ।

यसअन्तर्गत नेपाल विद्युत प्राधिकरणको वित्तीय अवस्था सुधार, नियामकीय दायरा विस्तार गर्न, स्वायत्त निकायका रुपमा अघि बढाउन सहयोग गर्ने विश्व बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ। 

विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फरिस हडाड जर्भसले यो ऋण सुविधाले नेपालको ऊर्जा क्षेत्रको पुनर्संरचना गर्ने, बजारको सुधार, सुशासन तथा विद्युतसँग सम्बन्धित संस्थाका क्षमता सुधारमा खर्च हुने बताएका छन्। 

विश्व बैंकले अहिले नेपालका २२ आयोजनामा लगानी गरिरहेको छ। विश्व बैंकले नेपालमा साढे २ अर्ब अमेरिकी डलरभन्दा धेरै लगानी गरेको जनाएको छ। 




दीगो ऊर्जा प्रणाली विकास गर्न विश्व बैंकको ११ अर्ब रुपैयाँ ऋण स्वीकृत, संरचनागत सुधारमा खर्च  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link