प्रस्तावित प्रमुख आयुक्त घिमिरेको आज संसदीय सुनुवाइ :: PahiloPost

395

काठमाडौँः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रस्तावित प्रमुख आयुक्त नवीनकुमार घिमिरेको आज संसदीय सुनुवाइ हुँदैछ। प्रस्तावित प्रमुख आयुक्त घिमिरेमाथि कुनै पनि उजुरी छैनन्। यसअघि आयुक्तका रूपमा संसदीय सुनुवाइका क्रममा पनि उनीविरुद्ध उजुरी थिएनन्।

दिउँसो १ बजे घिमिरेको सुनुवाइका लागि समिति बैठक बोलाइएको छ।

समितिले सुनुवाइपछि घिमिरेलाई अनुमोदन गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्नेछ। समितिको दुई तिहाइले अस्वीकृत गरेमा सम्बन्धित पदाधिकारी अस्वीकृत हुने संघीय संसद्को संयुक्त सभा तथा समिति सञ्चालन नियमावलीमा व्यवस्था छ।

घिमिरे हाल अख्तियारका कार्यवाहक प्रमुख आयुक्त हुन्। तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातले अनिवार्य अवकाश पाएपछि गत फागुन २ गतेदेखि उनी कार्यवाहकका रूपमा कार्यरत छन्।

संवैधानिक परिषद्ले भदौ २० गते घिमिरेलाई अख्तियार प्रमुखमा सिफारिस गरेको थियो। 

Source link